वीरगञ्ज ।सन्जय दास थारु | प्रभु हस्पिटल र वीरगञ्ज पाठशालाको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरगञ्ज पाठशालामा सम्पन्न शिविरमा विद्यार्थी र अभिभावक गरी २ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको शिविरका कार्यक्रम संयोजक दिलिपराज कार्कीले जानकारी दिए ।
कोभिड १९ को महामारीका कारण स्वास्थ्य उपचारको पहुँचमा नपुगेका विद्यार्थी तथा अभिभावकहरुको स्वास्थ्य परिक्षण गर्ने अभिप्रायले शिविरको आयोजना गरिएको वीरगञ्ज पाठशालाकी संस्थापक प्रधानाध्यापिका बिजया ओझैयाले बताईन् ।
शिविरमा दन्तरोग विशेषज्ञ डा. अजय आस्थाना, छाला रोग विशेषज्ञ डा. रामाकान्त जैसवाल, बरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ रामकुमार प्रधान ले परिक्षण गरेका थिए ।