• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १० वर्षमा १५ हजार आगलागीका घटना, ६ सय ८९ को मृत्यु, साढे १९ अर्बको क्षति

  • वीरगंज संजाल
  • १९ फाल्गुन २०७७, बुधबार ०७:२६
  • २७६१

    वीरगन्ज ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दश वर्षको अवधिमा देशभर आगलागीका १५ हजार २४६ घटना भएका छन् । जसमा ६८९ जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या दुई हजार ३४ पुगेको छ । आगलागीबाट यस अवधिमा १९ अर्ब ४१ करोड १७ लाख रुपैयाँ मूल्यबराबरको क्षति भएको छ ।

    प्राधिकरणको तथ्यांकअनुसार दश वर्षको अवधिमा सबैभन्दा धेरै आगलागीका घटना काठमाडौं जिल्लामा भएको छ । यस अवधिमा काठमाडौंमा मात्रै एक हजार २२२ घटना भए । जसमा ५२ को मृत्यु भएको छ । दुई सय ९१ घाइते भएका छन् । आगलागी हुने दोस्रो ठूलो जिल्ला मोरङ हो । यस अवधिमा मोरङमा आठ सय ९७ आगलागीका घटना हुँदा २२ जनाले ज्यान गुमाएका छन् । ९१ जना घाइते भए । सबैभन्दा धेरै आगलागी हुने जिल्लामा सप्तरी पनि पर्छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष आगलागी तथा डढेलोको जोखिम धेरै हुन सक्ने अनुमान गरेको छ । पानी कम परेको र हावामा सुक्खापन ज्यादा रहेका कारण आगलागी तथा डढेलो लाग्ने जोखिम धेरै रहेको प्राधिकरणको दाबी छ । यस वर्षको हिउँदमा अत्यन्तै कम पानी परेको छ । त्यसैले हावामा सुक्खापन बढी छ ।

    सुक्खाका कारण जंगलका पातपतिंगर सुकेको र त्यसलाई आगोको सानो झिल्कोले टिप्न सक्ने भएकाले भीषण डढेलोको जोखिम रहेको प्राधिकरणका सिइओ अनिल पोखरेलले बताए । ‘यस वर्षको हिउँदमा वर्षा नै भएनभन्दा पनि हुन्छ । जसकारण हावामा सुक्खापन ज्यादा छ । यस्तो हावामा आगो सल्किने सम्भावना धेरै रहन्छ । त्यसैले विगतभन्दा यस वर्ष आगलागी ज्यादा हुन सक्ने हाम्रो अनुमान छ,’ पोखरेलले भने, ‘गत वर्ष अस्ट्रेलियामा यस्तै कारण भीषण आगलागी भयो । त्यस्तै जोखिम यसपटक नेपालले व्यहोर्नुपर्ने हुन सक्छ भन्दै सचेत रहन आह्वान गरेका छौँ ।’

    हिउँदमा जम्मा २५.३ प्रतिशत वर्षा
    प्राधिकरणका अनुसार यो वर्षको हिउँदमा २५ प्रतिशत मात्रै वर्षा भएको छ । नेपालका लागि मार्च प्रि–मनसुनको महिना हो । तर, यसपटक जम्मा २५.६ प्रतिशत मात्रै वर्षा भएको छ । जुन गत वर्षको तुलनामा अन्यन्त न्यून हो । वर्षा नहुनु र हावामा सुक्खापन बढ्नु जलवायु परिवर्तन नै मुख्य समस्या रहेको प्राधिकरणका सिइओ पोखरेलले बताए ।

    जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यसपटक अत्यन्तै कम वर्षा भएको देखिन्छ । नेपालमा पोस्ट मनसुन भनेर १५ असोजदेखि १५ मंसिरसम्मको अवधिलाई लिइन्छ । यस अवधिमा सरदर नेपालमा ९० मिलिमिटर पानी पर्ने गर्छ । तर, यस वर्ष जम्मा २३.१ मिलिमिटर अर्थात् २५.६ प्रतिशत मात्रै वर्षा भयो । हिउँदयाम नेपालमा १६ मंसिरदेखि १५ फागुनसम्मको अवधिलाई लिइन्छ । यस अवधिमा सरदर ६०.९ मिलिमिटर पानी पर्नुपर्छ । तर, यस वर्षको हिउँदमा मात्रै १५.४ मिलिमिटर अर्थात् सरदर वर्षको मात्रै २५.३ प्रतिशत वर्षा भयो ।

    यस्तो अवधिमा आगलागी हुने, जमिनमा सुक्खापन आउने र उत्पादन घट्ने सम्भावना बढ्ने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा.इन्दिरा कँडेलले बताइन् । ‘यसपटक अत्यन्तै न्यून वर्षा भएको छ । जस्तो हिउँदमा २५.३ प्रतिशत र पोस्ट मनुसनमा २५.६ प्रतिशत मात्रै वर्षा भयो । पानीको मुहान सुक्छ । उत्पादन घट्छ,’ उनले भनिन् ।

    लापरबाही : आगलागीका मुख्य कारण
    प्राधिकरणका अनुसार मानवीय लापरबाही नै आगलागीका मुख्य कारण हुन् । काम सकेपछि आगो सही ढंगले ननिभाउने गलत आनीबानी नै डढेलो र घर आगलागीको मुख्य स्रोत रहेको प्राधिकरणको भनाइ छ । त्यसबाहेक चट्याङ र विद्युत् सर्ट पनि आगलागीका अर्को मुख्य कारण हुन् । जंगल र पहाडी भेगमा चट्याङका कारण आगलागी धेरै हुने गर्छ ।

    सहरी क्षेत्रमा भने प्रायःजसो विद्युत् सर्ट हुँदा आगलागी हुने गर्छ । ‘हामीले आगलागीका धेरै घटनाको केस स्टडी गर्‍यौँ । प्रायःमा मानवीय लापरबाही नै मुख्य कारण देखियो । खाना पकाइसकेपछि आगो ननिभाई हिँड्छन् । त्यही आगोलाई हुरीले उडाएर सल्किने ठाउँमा लैजान्छ । अनि डढेलो र घर आगलागी हुने गर्छ । त्यसबाहेक चट्याङ र विद्युत् सर्ट पनि आगलागीका अर्का स्रोत हुन्,’ प्राधिकरणका सिइओ पोखरलेले भने ।
    काठका घर र खरले छाएका घर बढी जोखिममा
    प्राधिकरणका अनुसार पहाडी क्षेत्रका घर प्रायः काठका हुन्छन् । सुक्खापनले गर्दा त्यसमा आगो सल्किने सम्भावना धेरै हुन्छ । विशेष गरी पूर्वी नेपालका पहाडी घर काठले बनेका छन् । पाँचथर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, इलाम, तेह्रथुम, खोटाङलगायतका जिल्लामा आगलागीका घटना धेरै हुने मुख्य कारण यही हो । तराई क्षेत्रमा फुस तथा खरले छाएका घर हुन्छन् । त्यस्ता घरमा पनि आगो सल्किने सम्भावना बढी हुन्छ । प्रदेश २ र लुम्बिनी प्रदेशका घर आगलागीको उच्च जोखिममा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑