वीरगन्ज । अहिलेका मानिसहरुलाई सबैभन्दा ठूलो समस्या मोटोपन नै भएको छ । मोटोपनका कारण शरीरमा अनेक समस्या देखिने हुनाले शरीरलाई कसरी स्वस्थ राख्ने भनन्ने चिन्ता नै हुन्छ ।
प्रविधिको विकाससँगै मानिसले आफ्नो दैनिकीलाई यति व्यस्त राखेका छन् कि शरीरलाई कसरी स्वस्थ राख्ने भन्नेतिर ध्यान नै दिन सकिरहेका छैनन् ।
मोटोपन अर्थात भुँडी लाग्ने समस्याले अहिले धेरै मानिसलाई सताइरहेको देखिन्छ । यस्तै समस्याको कारण मुटुका रोग, डाइबेटिज तथा विभिन्न अरु स्वास्थ्य समस्या आउन सक्छन् ।
एक अनुसन्धानमा खानामा रेसादार खानेकुराहरू बढाएपछि उनीहरूको तौल २५ प्रतिशत घटेको पाइयो । त्यस्तै आफ्नो खानामा २ दिनसम्म दैनिक रूपमा फाइबर बढाएमा १० प्रतिशत शरीरले लिने ऊर्जा घट्छ । ४ महिनाभित्रमा २ केजीसम्म तौल घट्ने एक अध्ययनले देखाएको छ ।
के हो रेसादार खानेकुरा ?
बोटबिरुवाका भागहरू जुन हाम्रो शरीरमा पच्दैनन् र अवशोषित हुँदैनन्, त्यस भागलाई रेसा भनिन्छ । रेसा भएको फललाई नै रेसादार खानेकुरा भनिन्छ । पशुपंक्षीबाट आउने खानाहरू ९जस्तै, माछा, मासु, दूध, दही, आदि० भन्दा बोटबिरुवाबाट पाइने फल (स्याउ, नासपाती, बदाम, जौ, सागपात) मा धेरै फाइबर पाइन्छ ।
त्यसैले जति धेरै बोटबिरुवाबाट पाइने फलहरू खाइयो, त्यति नै धेरै हाम्रो शरीरले फाइबर पाउँछ । हामीले कस्तो खालको फाइबर खाइरहेका छौँ भन्ने बारेमा पनि जानकारी हुन आवश्यक देखिन्छ ।
क. इनसोलुबल फाइबर ९पानीमा घुल्न नसक्ने ०
ख. सोलुबल फाइबर ९पानीमा घुल्न सक्ने०
यी दुवै प्रकारका फाइबर हाम्रो शरीरका लागि बराबर महत्वपूर्ण छन् । प्रायः मोटोपन घटाउने कुरामा भने सोलुबल फाइबर नै उपयुक्त मानिन्छ । सोलुबल फाइबरले कसरी मोटोपन घटाउन मद्दत गर्छ ।
क. सोलुबल फाइबरले भोक लगाउने हार्मोन जस्तै ग्रेलीनको मात्रा घटाउँछ भने अघाउने हर्मोनहरू ९जस्तै कोलेसिस्टोकाइनिन, जीएलपी ( पेपटाइड वाइवाइ. को उत्पादन बढाउँछ र यसरी लामो समयसम्म अघाउने र भोक नलाग्ने भएपछि हामी धेरै खाँदैनौँ अनि मोटोपन घटाउन मद्धत गर्छ ।
ख. सोलुबल फाइबरले क्यालोरीको मात्रा बढ्न दिँदैन । फाइबर हाम्रो शरीरमा नपच्ने भएकाले यसबाट हामीले कुनै ऊर्जा पाउँदैनौ । त्यसैले धेरै फाइबरले खानाको मात्रा बढाए पनि क्यालोरीको मात्रा भने बढ्न दिँदैन ।
ग. हाम्रो आन्द्रामा रहेको सहयोगी र उपयोगी ब्याक्टेरियाले सोलुबल फाइबरलाई थोर बहुत पचाउन सक्छ । यो टुक्र्याउने र पचाउने प्रक्रियालाई फरमेन्टेसन भनिन्छ । यो प्रक्रियामा छोटो चेनको फ्याटी एसिड बन्छ । जसले बोसो टुक्र्याउने गति बढाउँछ भने शरीरमा बोसो सञ्चयको मात्रा कम गर्छ । यसरी मोटोपन घटाउन सकिन्छ ।
घ. सोलुबल फाइबरले बोसो घटाउनुका साथै कोलेस्टेरोल ९नराम्रो कोलेस्टेरोल० घटाउन मद्दत गर्छ । तर फाइबरयुक्त खाना खाइरहँदा पानी पनि त्य ित्तकै खानु जरुरी छ किनभने फाइबरले पानीसँग छिटो काम गर्न सक्छ ।
सोलुबल फाइबरका केही स्रोतहरू
अन्नः जौ, दाल, मटर, चना, सिमी
सागसब्जीः ब्रोकाउली, बन्दा, कुरिलो
कन्दमूलः सखरखण्ड
फलफूलः स्याउ, नासपाती, सुन्तला, कागती, एभोकाडो
बीउः बदाम, फर्सीको बीउ, सूर्यमुखी बीउ, आलस,
सोलुबल फाइबरले मोटोपन घटाउँछ भन्दैमा, एकैचोटिमा धेरै खानु पनि राम्रो मानिँदैन । धेरै खाएमा पेट दुख्ने, पेट फुल्ने, पखाला लाग्ने जस्ता समस्या देखा पर्छन् । त्यसैले यसलाई बिस्तारै आफ्नो शरीरलाई ख्यालमा राख्दै उपभोग गर्दा राम्रो मानिन्छ ।
युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार पुरुषले दैनिक ३० देखि ३८ ग्राम र महिलाले दैनिक २१ देखि २५ ग्राम फाइबर उपभोग गर्नुपर्ने हुन्छ । अर्थात् हामीले दैनिक ५ पटक खाना खान्छौँ भने एक पटकमा पुरुषले कम्तीमा ६ ग्राम फाइबर र महिलाले ५ ग्राम फाइबर खान जरुरी देखिन्छ ।