• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमण : संख्या घट्दो तर जोखिम कायमै

  • वीरगंज संजाल
  • १९ फाल्गुन २०७७, बुधबार ०८:०५
  • ३३१३

    वीरगन्ज ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयुमा भर्ना हुने कोरोना संक्रमितको संख्या घट्दो छ। सो अस्पतालको आइसियुमा कात्तिकमा ६१ जना संक्रमित भर्ना भएकोमा मंसिरमा ५७ र पुसमा २७ जना मात्र संक्रमित भर्ना भएका थिए।

    अस्पतालको यस ग्राफले आइसीयुमा भर्ना हुने संक्रमितको संख्या घट्दो क्रममा रहेको देखाउँछ।

    माघ महिनामा २८ जना संक्रमित सिकिस्त भएर आइसीयुमा भर्ना भएका थिए। जबकी फागुनको आधा महिनामै आइसीयुमा भर्ना हुनेको संख्या नै २० पुगिसकेको छ।

    यो ग्राफले स्पष्ट पार्छ, कोरोनाले सिकिस्त भएर अस्पताल भर्ना हुने संक्रमितको संख्या घट्दो छ, तर रोकिएको छैन।

    प्रमुख कन्सल्ट्यान्ट डा अनुप बास्तोला अस्पतालमा बिरामी थपिने क्रम घटे पनि नरोकिएको बताउँछन्। भन्छन्, ‘कोभिडबाट सिकिस्त बिरामी अझै हुनुहुन्छ। अर्थात् बिरामी थपिने क्रम घटेको हो, रोकिएको छैन।’

    उनका अनुसार महामारीको समयमा जस्तो अस्पतालमा बिरामीको चाप थेगिनसक्नु त छैन तर आउने क्रम पनि रोकिएको छैन।

    संक्रमित र मृतकको संख्या अंकमा घटे पनि जोखिम उस्तै छ। तर मानिसहरु अहिले निस्फिक्री भएर हिँड्न थालेका छन्। जनस्वास्थ्यका मापदण्ड पालना गर्ने अहिले कमै भेटिन्छन्। यो क्रमले कोरोनाको जोखिम झनै बढाउने डा बास्तोला बताउँछन्।

    ‘बाहिर देख्दा अब कोरोना नै छैन जस्तो लाग्छ। खोप आइसक्यो वा कोरोना अब सकियो भनेर हो की मान्छेहरु ढुक्क देखिन्छन्,’ उनले भने, ‘तर यसले झनै जोखिम बढाउँछ।’

    No description available.

    मास्कको प्रयोग, हात धुने र सामाजिक दूरी कायम गर्ने, यी तीन वटा व्यवहार कोरोनाबाट बच्न सकिने मुख्य र प्रभावकारी उपाय हुन्। तर यही जनस्वास्थ्यका मापदन्डलाई नेपालीले पालना गरिरहेका छैनन्।

    शुक्रराज अस्पतालमा हाल आठ जना आइसीयुमा गरी १० जना कोरोना संक्रमित उपचाररत छन्। आइसीयुमा भर्ना हुने अधिकांश बिरामी निमोनिया भएर आउने गरेको डा बास्तोलाले बताए। यो महिना आइसीयुमा भर्ना हुने संक्रमितको संख्या अघिल्लो महिनाको तुलनामा बढ्न सक्ने उनको आशंका छ।

    ‘माघमा २८ जना संक्रमित आइसियुमा थिए। तर अहिले फागुनको बल्ल आधा हुँदैछ तर आइसियुमा भर्ना हुनेको संख्या २० पुगिसक्यो। त्यसैले यो महिना अलि बढी हुन्छ कि भन्ने आशंका छ,’ उनले भने।

    कोभिड–१९ विरुद्धको खोप आएका कारण पनि मानिसहरु निर्धक्क हुन थालेको उनको अनुभव छ। खोपको कभरेज नेपालभर नभएसम्म ढुक्क हुने अवस्था नरहने उनी सुनाउँछन्।

    कोरोना संक्रमण शून्यमा नझरेसम्म जोखिम रहिरहने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनको आग्रह छ।

    ‘कोरोना अझै पनि समुदायमा छ,’ उनले भने, ‘फैलावटको गति पहिलेको जस्तो तीव्र नहोला तर जोखिम अझै पनि छ। संख्या शून्यमा झरेको छैन। मत्थर नभएसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑