बीरगन्ज ।भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली इन्टाग्राममा एक सय मिलियन फलोअर्स पुर्याउने पहिलो क्रिकेटर बनेका छन ।साथै उनी सोसियल मिडियामा एक सय मिलियन फलोअर्स हुने पहिलो एशियन सेलिब्रेटी बनेका छन ।
यसअघि पनि कोहली ७५ मिलियन फलोअर्स इन्स्टाग्राम हुने पहिलो एशियन सेलिब्रेटी थिए ।यसका साथै उनले पप स्टार मिडी लोभाटोलाई पनि पछि पारेका छन । उनको ९९ मिलियन फलोअर्स छन ।
यतिमात्र होइन, कोहलीको इन्स्टामा फलोअर्स रियाल मड्रिड र बार्सिलोना भन्दा धेरै भएको छ । रियालको ९५ मिलियन फलोअर्स छन भने बार्सिलोनाको ९४ मिलियन फलोअर्स छन ।