वीरगन्ज । वीरगन्जमा दृध नागरिकहरु माथी कडा रुपमा उत्रिएको जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका चर्चित ब्यवसायी अजय अग्रवाललाई पक्राउ पुर्जी जारी गरेको छ ।
प्राप्त समाचार अनुसार वीरगन्ज महानगर पालिका वडा नम्बर १० आर्दश नगर निवासी मेरचन्द अग्रवालका जेठा छोरा अजय अग्रवाल र निजको श्रीमती र छोरा समेत नेपाल र भारत दुई देशको नागरिक भएको प्रमाण सहित परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ पुर्जी जारी गरेको हो ।नेपालका बंसज नागरिकता हात पारेका अग्रवाल परिवार भारयित नागरिकता पनि लिएर दुई देशका सुबिधा भोग गरिरहेको प्रमाण सहित उजुरी परेको छ ।
वीरगन्जमा किराना समाग्री जिरन, मरिच, केराउ र छोहडाको ब्यपारीरुपमा समेत परिचित अजय अग्रवालका साथै निजकी श्रीमती कुसुम देवी अग्रवाल र छोरा राहुल कुमार अग्रवाललाई सक्कल नागरिकता सहित नियन्त्रणमा लिई उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय पर्साले चं. नं. ११४८ मार्फत जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको बुझिन आएको छ ।