पर्सा | नेपाल टेलिभिजनमा प्रसारण हुने स्वास्थ्य दर्पण मिडिया द्वारा कोविड १९ महामारीमा महिला स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका वापत पर्सा जिल्लाका दुईजना चिकित्सक सम्मानित भएका छन् । सम्मानित हुनेमा वरिष्ठट स्त्री रोग विषेशज्ञ डा. लक्ष्मी थापा र बरिष्ठ फिजिसियन डा. निरज सिंह सम्मानित भएका हुन् ।
प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा आयोजित कार्यक्रममा पुर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले ‘राष्ट्रय स्वास्थ्य’ सम्मानपत्रले सम्मान गर्नु भएको हो ।
स्वस्थ्य दर्पन मिडिया प्रा.लि. को ९ औ वार्षिक उत्सवको अवसरमा वहाँहरुलाई सम्मानित गरिएको हो । कार्यक्रम स्वास्थ्य दर्पनका अध्यक्ष सन्दिप श्रेष्ठको अध्यक्षतामा समपन्न भएको थियो ।