बिरगंज | नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट भएको मृतकको संख्या थपिएको छ ।स्वास्थ्य तथा जनसंख्याले ६१८ जना मृतक थपिएको जनाएको छ ।मन्त्रालयका अनुसार कोभिड-१९ को सङ्क्रमणबाट हालसम्म दुई हजार ६६ जना सङ्क्रमितको मृत्यु भएको छ ।थपिएका मृतकसँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको हो ।
कोभिड-१९ सम्बन्धी प्रेस ब्रिफिङ्गको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६१८ जना मृतक थपिएको बताउनु भयो ।उहाँका अनुसार नेपाली सेनाले शव ब्यवस्थापन गर्दा आएको तथ्याङ्क र मन्त्रालयको तथ्याङ्कबारे बिस्तृत अध्ययनपछि नेपालमा हाल दर्ता गरिएको मृतकको संख्याभन्दा ६१८ जना थपिएका हुन् ।मन्त्रालयले यसअघि दुबै निकायबाट मृतकको फरक तथ्याङ्क आएपछि समिति गठन गरेको थियो ।
उक्त समितिले कोभिड-१९ सम्बन्धी उच्च स्तरीय समितिमा आफ्नो प्रतिबेदन बुझाएको थियो ।प्रतिबेदनको आधारमा मृतकको संख्या थपिएको प्रवक्ता गौतमले प्रष्ट्याउनुभयो ।शव ब्यवस्थापनका लागि तयार गरिएको निर्देशिका बमोजिम नेपाली सेनाले शव ब्यवस्थापन गर्दा मृतकको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले अद्यावधिक गर्न सकेको थिएन ।बिरामीको दाह संस्कारपछि मात्रै कोभिड पोजिटिभ भएको प्रतिवेदन आएको घटनाहरु समेत उक्त तथ्याङ्कमा जोडिएको प्रवक्ता गौतमले खुलाउनुभयो ।