बीरगन्ज । आज भोजपुरी प्रतिष्ठान बिरगन्जको भवन शिलान्यास सम्पन भएको छ ।बीरगन्ज महानगरपालिका वडा नम्बर ८ को गहवामा रहेको जग्गामा बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्ष्तामा भोजपुरी प्रतिष्ठान भवनको शिलान्यास एव बहुभाषिक कवि सम्मेलन कार्यक्रम सम्पन भएको हो ।
भोजपुरी प्रतिष्ठान भवनको शिलान्यास प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, मा. हरिनारायण रौनियार, मा. लक्षुमणलाल कर्ण र दिप नरायण मिश्राले गरेका थिए ।
भोजपुरी प्रतिष्ठान, बिरगन्जको भवन शिलान्यास एव बहुभाषिक कवि सम्मेलन कार्यक्रमको बिशेष अतिथि भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनल, अतिथि मा. प्रदिप यादव, मा.जनत असारी, मा.प्रह्लाद गिरि, मा. करिमा बेगम, मा.भिमा यादव, नेता अजय दिवेद्वी, रामनरेश यादव, प्रभु हजरा, बरिष्ठ पत्रकार दिपेन्द्र चौहान लगायतका सहभागी रहेको थियो ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले कार्यक्रमका बिच “मातृभाषा आमाको दूध जस्तै र अन्य भाषा डेरीको दूध जस्तै” रहेको टिप्पणी गरेका छन् ।
कार्यक्रममा उनले मातृभाषा बाेल्दाकाे आनन्द र अरु भाषा बोल्दाकाे त्यति आनन्द नआउने बताए । ‘भोजपुरी भाषामा जस्तो शब्दको भण्डार अन्य भाषामा छैन, कतिपय भोजपुरी शब्द अन्य भाषामा उल्था गर्न सकिँदैन । सँस्कृति, व्याकरण, कला र साहित्य छ । भोजपुरी, मैथिली, अवधी भाषा राज्यको प्राथमिकतामा कहिल्यै परेन’ मुख्यमन्त्री राउतले भने ‘राज्यले त भोजपुरी भाषा, साहित्य, कला सँस्कृतिलाई कसरी अगाडि बढाउने सोचेन, हामीले पनि महत्व दिएनौं ।’
कुनै समुदायको इतिहास मेटाउनु छ भने भाषा सँस्कृति र कलालाई खत्तम पारिने गरेको बताउँदै उनले नेपालमा पनि नेपाली भाषालाई बाहेक अन्य भाषाप्रति राज्यको दृष्टिकोण ठीक नरहेको बताए । उनले प्रदेशमा बोलिने सबै भाषा, सँस्कृति, कला साहित्यको संरक्षणका लागि स्थायी संरचना बनाउने र बीरगन्जमा भोजपुरी साहित्यका भीष्म पितामहको रुपमा परिचित पण्डित दीपनारायण मिश्रको सालिक बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले आफ्नो भाषामा कृति लेखेर प्रसिद्ध साहित्यकारहरु विश्वमञ्चमा परिचित भएको बताउँदै हिनताबोधबाट माथि उठेर राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चमा भोजपुरी भाषमा नै आफ्नोे एजेन्डा राख्नुपर्नेमा जोड दिए ।
त्यसैगरी मा. प्रदिप यादवले भोजपुरी गीत संगितमा देखिएके विकृति रोक्नुपर्ने र साथै भोजपुरी भाषा, साहित्य, कला सँस्कृतिलाई अगाडि बढाउने पर्नेमा जाेड दिएका थिए ।
बीरगन्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ छुट्ट्याएको नगर प्रमुख विजय कुमार सरावगीले बताए । महानगरपालिकाले नै भोजपुरी साहित्यकार उमाशंकर द्विवेदी संयोजकत्वको ९ सदस्यीय भोजपुरी प्रतिष्ठान बीरगन्ज गठन गरेको थियो । त्यसका लागि बीरगन्ज महानगरपालिकाले ‘भोजपुरी प्रतिष्ठान ऐन’ नै जारी गरेको समेत सरावगीले बताए।
उनले प्रतिष्ठानकाे डीपीआर अन्तिम चरणमा रहेको र भोजपुरी भाषालाई कामकाजकाे भाषा बनाउने, विद्यालयमा पठनपाठन गराउने तथा कला, भाषा साहित्यको सम्वर्द्धनमा प्रतिष्ठानले काम गर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष द्विवेदीले नेपाली र हिन्दी भाषा भन्दा भोजपुरी भाषा निकै पुरानो रहेकाे र कविरदासले पनि भोजपुरी भाषामा कविता लेख्ने गरेको र नेपालमा मधेशीलाई विस्तापित गर्न राज्यले भोजपुरी, मैथली र अवधी भाषालाई दवाएर राखेको बताए ।
प्रतिष्ठानका लागि वीरगञ्ज महानगरले वडा नं ८ रेल्वे रोडमा १ हजार वर्ग फिटको जमिन उपलब्ध गराएको छ । जसमा प्रतिष्ठानको तीन तले भवन बनाउन लागिएको छ ।त्यसै गरी भोजपुरी साहित्यकार पण्डित मिश्रको स्मृतिमा १ लाख नगद सहितको अन्तर्राष्ट्रिय पुरस्कारको समेत आइतबार घोषणा गरिएको छ ।