• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली युवा उद्यमी फोरम वीरगञ्ज च्याप्टरको इन्डक्सन र इन्स्टलेसन कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ८ फाल्गुन २०७७, शनिबार १६:४६
  • ४१२१

    वीरगञ्ज । सकारात्मक व्यवसायिक सोच र दृष्टिकोणलाई सशक्तिकरण गरेर युवा उद्यमीहरुको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेप्लिज युथ एन्टप्रेनियर्स फोरम (एनवाईईएफ) अर्थात नेपाली युवा उद्यमी फोरम वीरगञ्ज च्याप्टरको इन्डक्सन र इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको छ ।
    वीरगञ्जस्थति भिस्वा होटलमा शुक्रबार आयोजित एक कार्यक्रम विच पुनः स्थापित नेप्लिज युथ एन्टप्रेनियर्स फोरम (एनवाईईएफ) वीरगञ्ज च्याप्टरको इन्डक्सन र इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा युवा उद्यमी अनुप अग्रवालको अध्यक्षतामा गठित कार्यसमितिका सदस्यहरुलाई एनवाईएएफको नेशनल गभरनिङ्ग काउन्सिलका पदाधिकारीहरुले पिन लगाएर इन्डक्सन गरेका थिए । अग्रवालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा राकेश साह र त्तिया उपाध्यक्षमा सन्दीप अग्रवाल रहेका छन् ।

    नयाँ कार्यसमितिको सदस्यहरुमा संस्थापक अध्यक्ष अरविन्द्र बहादुर अमात्य, विश्वाश प्रताप साह, काजल सिंह, अक्षत साह, विकाश ठाकुर, मनिषा सुनुवार श्रेष्ठ, सङ्कल्प शाक्य र पंकज अग्रवाल रहेका छन् । इन्डक्सन पश्चात फोरमका पूर्व कार्यसमिति सदस्यहरुका लागि आयोजित इन्स्टलेसन कार्यक्रममा बोल्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले एनवाईएएप वीरगञ्ज च्याप्टरको कार्यालय सञ्चालनका लागी उद्योग वाणिज्य संघको भवनमा एउटा कोठा दिने उद्घोष गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहनुभएका केडियाले सक्रिय युवाहरुको समुहले उद्यमशिलतालाई आधुनिक एवम् परिस्कृत रुपमा अंगाल्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै सिर्जनशिल तथा नयाँ पिढिका युवाहरुलाई उद्यम तथा व्यावसायतर्फ आकर्षित गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

    त्यसैगरी एनवाईएएफको नेशनल गभरनिङ्ग काउन्सिलका अध्यक्ष प्रकाश देव पालिकेले देशकै आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्जमा यस समुहको भुमिका महत्वपुर्ण हुने बताउँदै आफ्नो भुमिकालाई जिम्मेवारीपुर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै वीरगञ्ज च्याप्टर देशकै उत्कृष्ट च्याप्टर भएको हेर्ने आफ्नो सपनालाई साकार रुप दिन पनि नवनियुक्त पदाधिकारीहरुलाई शुभकामना दिनुभयो ।

    संस्थाका संस्थापक अध्यक्ष अरविन्द्र बहादुर अमात्यले आफ्नो पालामा हुन नसकेका कार्यहरुलाई अहिलेका सक्रिय युवाहरुको समुहले गर्ने र सकरात्मक तरिकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । देश हाँक्ने क्षमता बोकेका युवाहरुले उत्पादक तथा आविस्कार जस्ता कुराहरुलाई मध्यनजर गर्दै आत्मनिर्भर र स्वालम्बी बनाउनुपर्ने धारणा राख्नुभयो । संस्थाका नवनिर्वाचित अध्यक्ष अनुप अग्रवालले संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गरेकोमा खुशी महसुस गर्दै सोचेभन्दा पनि राम्रो टिम पाएको बताउनुभयो । उहाँले वीरगञ्ज च्याप्टरबाट युवा उद्यमीहरुले हरेक सहयोग पाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अग्रवालले वीरगञ्ज च्याप्टरलाई यहाँका उद्योगी, व्यावसायीहरुले सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य सुवोधकुमार गुप्ता, गोपाल केडिया, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का नव निर्वाचित अध्यक्ष गणेश लाठ, कार्यकारिणी समितिका सदस्य अशोक कुमार टेमानी, प्रदीप केडियालाई सम्मानित गरिएको प्रथम उपाध्यक्ष राकेश साहले गर्नुभएको थियो ।कार्यक्रममा प्रथम उपाध्यक्ष उदिप श्रेष्ठ, कार्यसमिति सदस्य सुमोद मान सेंजु, रुपन्देही च्याप्टरका कार्यसमिती सदस्य प्रतीक कसा, वीरगञ्ज उद्योग वाण्ज्यि संघका पूर्व अध्यक्ष अशोक टेमानी, प्रदिप केडिया, महासचिब माधव राजपाल, कोषाध्यक्ष रविन्द्र बरणवाल, एनवाईएएफका पूर्व पदाधिकारीहरु, उद्योगी, व्यावसायी, शैक्षिक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्धिजिवि लगायतको उपस्थिती रहेको थियो । संस्थाका द्वितीय उपाध्यक्ष सन्दीप अग्रवालले समापन मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण विश्वास प्रताप साहले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑