बीरगंज। फागुन ७।पर्साको पकाहा मैनपुर गाँउपालिकाका अध्यक्ष विजय कुमार चौरसियाले स्थानिय बासिन्दाहरुलाई चिसोवाट जोगिन मुखहेरेर कम्वल बितरण गरेको स्थानियले बताएका छन् ।
अध्यक्ष चौरसियाले पकाहामैनपुर गाँउपालिकाको ५ वडा मध्ये वडा नम्बर १,३,४ र ५ मा गाउँपालिकाका वडा अध्यक्ष मार्फेेत स्थानिय गरिबहरुलाई वडा कार्यालयमा गई प्रति वडामा ११० थान कम्बल वितरण गरेका हुन्।
वडा न २ मा भने वडा अध्यक्षलाई जानकारी नै नदिई आफु खुशी आफ्नो घरमा बोलाई कम्वल बितरण गरेको वडा अध्यक्ष बृज मोहन पाण्डेले आरोप लगाउनु भएको छ ।
गाँउपालिकाका अध्यक्ष चौरसियाले भोटको राजनीती गरेर आफ्ना नजिकका मानिसहरुलाई फोन गरी आफ्नो कार्यकर्ता पठाई आफ्नो घरमा बोलाई मात्र कम्वल बितरण गरेको स्थानियहरूले बताएका छन् ।