बीरगन्ज । पर्साको पोखरिया नगरपालिका वडा. ८ मा विघठित प्रतिनिधि सभाका सदस्य हरीनारायण रौनियारले सडकको शिलान्यस गर्नुभएको छ ।
पोखरिया नगरपालिका वडा न. ८ मननपुरदेखी गर्दाैलसम्मको सडकको आज एक कार्यक्रमका बिच सांसद रौनियारले शिलान्यास गर्नुभएको हो । प्रदेश २ सरकारको सहयोगमा २० लाखको लागतमा निर्माण हुने सडकको शिलान्यास गर्दै जनता समाजवादी पार्टी (जसपा)का नेता समेत रहनुभएका रौनियारले सडक निर्माण भएसँगै जगतपुरका स्थानीयलाई पोखरिया बजारसम्म आवतजावत गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
साथै उहाँले पोखरिया नगरपालिका विकासले फड्को मार्ने क्रममा रहेको बताउँदै नगरपाकिाका जनप्रतिनिधिहरुलाई जनताहरुका समस्यालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।
शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य प्रह्लाद गिरी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य निजामोदिन समानी, पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार, उपप्रमुख सलमा खातुन, वडा अध्यक्ष किशोरी साह लगायतको उपस्थिती रहेको थियो ।