बीरगन्ज । नेपाल विद्यार्थी संघ ठाकुराम क्याम्पस एकाई समितिले क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेको छ ।नेविसंघले गत कार्तिक २८ गते विभिन्न १४ सुत्रिय मागहरु सम्बोधन गर्ने विषयमा वार्ता भएको थियो । आंशिक शिक्षकहरुको समस्याको समाधान भएपनि अरु मागहरुको वेवास्ता गरिएको भन्दै नेविसंघले दबावस्वरुप क्याम्पस प्रमुखको कार्यकक्षमा साङ्केतिक तालाबन्दी गरिएको एकाई कमिटिका अध्यक्ष मनोज कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमार्फत बाँकी रहेका मागहरु पुरा गर्न तथा क्याम्पस प्रशासनका बेथितीहरु सच्च्याउन र समस्याहरुको समाधान गर्न माग पनि गरेको छ ।
यस क्याम्पस भित्रका सबै बेथितिहरुको अन्त्य गर्न, उच्च शिक्षाको गुणस्तर वृद्धि गर्न र प्राज्ञिक मर्यादा कायम गराउनका निम्ति शैक्षिक सवाल र विद्यार्थी हकहित स‘ग सम्बन्धित महत्वपूर्ण विषयलाई गम्भीरु रुपमा लिदै उल्लेखित विगतकै ११ सुत्रिय माग राखी क्याम्पस प्रमखको कार्यकक्षमा तालाबन्दी गर्न बाध्य भएको विज्ञप्तीमा जनाइएको छ ।
संघले शिक्षक कर्मचारीको शिफ्टअन’सारको पारिश्रमिक, दोहोरो नियुक्ति तलब, छात्रवृत्तिको रकम भुक्तानी, छात्रवृत्तिको लागी अन्र्तवार्ता भइसेको नजिता प्रकाशन, नया सेलेवसअनुसार पुस्तकको व्यवस्थापन लगायतका ११ बुँदे माग राखेर तालाबन्दी गरिएको हो ।मागहरुको यथाशिघ्र सम्बोधन नभए थप सशक्त रुपमा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।