वीरगंज |तपाईं हामीले दैनिक रुपमा दाल, तरकारी र अचारमा प्रयोग गर्ने नुन कसरी प्राप्त हुन्छ होला ?कतिपयले त नुन महासागरबाट प्राप्त हुन्छ भन्ने जानकारी राख्नुहोला । यद्यपि कतिलाई त यो कुराको जानकारी नहुन पनि सक्छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले शुक्रवार चीनको लियानयुङयाङ शहरको समुद्री किनारामा नुन निकालेर त्यसलाई धुल्याउँदै गरेको तस्वीर प्रकाशन गरेको छ ।
तस्वीरमा एक मजदुरले संकलित नुनका ठुलाठुला ढिकाहरुलाई डोजरले धुल्याइरहेको समेत देख्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ । सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ । यो भनेको जम्मा एक चम्चा नुन हो ।