• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समृद्धिका लागि हवाई, रेल र सडक मार्गको पर्याप्तता

  • वीरगंज संजाल
  • ४ फाल्गुन २०७७, मंगलवार ०३:३३
  • ३१०९

    जनकपुरधाम  | ठूल्ठूला विकास र समृद्धिका योजनाहरूको पूर्णताले प्रदेश २ को अनुहार फेरिएको छ। कुनै बेला जीर्ण सडक, जर्जर विमानस्थल र अव्यवस्थित फोहोरले गर्दा निकै उपेक्षा खेपेको मधेस अहिले नयाँ अनुहारका साथ समृद्धिको बाटोमा लम्किएको छ।

    फेरिँदो मधेसको समृद्धिका लागि बहुप्रतीक्षित जनकपुरधाम—जयनगर रेलमार्ग निर्माण भई नयाँ रेल खरिद भइसकेको छ। जनकपुर विमानस्थलमा नमुना टर्मिनल भवनको पनि निर्माण सम्पन्न भइसकेको छ। त्यसैगरी हुलाकी राजमार्गसहित प्रदेशभित्र निर्माण भएका सडक संरचनाले जनजीवन सहज र सरल बनाउँदै गएको छ।

    विमानस्थलको नमुना टर्मिनल भवन
    नेपालकै पहिलो स्टिल स्ट्रक्टर भएको जनकपुरधाम विमानस्थलस्थित नमुना टर्मिनल भवनले प्रदेशकै हवाई यातायात सेवालाई टेवा पुर्‍याएको छ। ५३ वर्षपछि जनकपुर विमानस्थल नयाँ टर्मिनल भवनबाट सञ्चालनमा आएको हो। १८ जना यात्रु बोक्ने सानो जहाजका लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवन निकै कष्टकर थियो।

    धार्मिक तथा ऐतिहासिक रूपमा निकै प्रसिद्ध रहेको जनकपुर भ्रमणका लागि आउने पर्यटक तथा विशिष्ट व्यक्तिलाई पनि हवाईजहाजबाट ओर्लिनेबित्तिकै जर्जर टर्मिनल भवन देख्दा पट्यारलाग्दो हुन्थ्यो। तर, अहिले नवनिर्मित अत्याधुनिक टर्मिनल भवन आकर्षणको केन्द्र बनेको छ। 

    ४२ करोड रुपैयाँको लागतमा चार रोपनी जग्गामा निर्माण गरिएको नयाँ टर्मिनल भवनबाट सेवा सञ्चालन हुँदा हवाई यात्रा अझ सुखद बन्न गएको जनकपुर विमानस्थलका प्रमुख किरण गौतम बताउँछन्। ‘पहिला यात्रीहरूलाई बस्नसमेत राम्रो प्रबन्ध थिएन। ठाउँ अभावले गर्दा जेनतेन सेवा दिइन्थ्यो तर अहिले निकै सहज भएको छ।’

    ‘भवनमा हाल सात सय यात्रु एक पटक राखेर सेवा दिन मिल्ने व्यवस्था छ। यसैगरी सीसीटीभी, फायर अलार्म, सञ्चार सेवा, भीआईपी कक्ष र आमाबच्चा स्याहार कक्ष, धूमपान क्षेत्रको समेत बन्दोबस्त मिलाइएको छ,’ जनकपुर विमानस्थल टर्मिनल भवन निर्माण आयोजनाका प्रमुख नलविक्रम थापाले भने, ‘उल्लिखित बजेटबाटै ३५ जना सुरक्षाकर्मीका लागि आवास गृह, ८० वटा कार र १५० वटा मोटरसाइकलको पार्किङस्थल, बगैंचा र अन्य संरचनाको पनि निर्माण गरिएको छ।’

    २०६९ कात्तिकमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले पहिलो चरणमा १८ करोडको लागतमा निर्माणकार्यको शिलान्यास गरेका थिए। डेढ वर्षमै काम सक्ने गरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो। तर, निर्माण कम्पनीले समयमा काम नगरी आलटाल गरेपछि ठेक्का तोरेर दोस्रो चरणमा थेगिन जाल्वा उमा एन्ड कम्पनी जेभीसँग सम्झौता गरी काम सम्पन्न गरिएको हो।

    ‘पुरानो भवनमा ठाउँ अभावले एयरलाइन्सको काउन्टर राख्न पनि समस्या थियो,’ बुद्ध एयरलाइन्सका जनकपुर स्टेसन म्यानेजर विजय सिंहले भने, ‘प्यासेन्जरलाई न्यूनतम सेवासुविधा दिन पनि गाह्रै थियो तर अब नयाँ भवन भएपछि सेवा विस्तारको अवसर पनि विमान कम्पनीहरूले पाउनेछन्।’

    जनकपुरमा कार्यालय राख्न खोज्ने विमान कम्पनीहरूलाई पनि अब सेवा विस्तारको अवसर मिल्ने सिंह बताउँछन्। हाल यहाँबाट बुद्ध एयरलाइन्सको ३ वटा, यती एयरलाइन्सको १ र श्री एयरलाइन्सको १ गरी पाँचवटा विमानले सेवा दिँदै आएका छन्।

    रेल पनि आयो 
    समृद्धि र विकासको अर्को संवाहकका रूपमा नेपालकै एकमात्र जनकपुर—जयनगर रेल सेवा पनि प्रदेश २ मा सञ्चालनको अन्तिम अवस्थामा छ। रेल सेवा बन्द भएको झन्डै ६ वर्षपछि पुरानो ‘न्यारो गेज ट्र्याक’ विस्थापित गरेर ‘ब्रोडगेज ट्र्याक’मा आधुनिक रेल सञ्चालन गर्ने योजनाअनुरूप नयाँ रेल खरिद भई जनकपुर आइसकेको छ।

    रेल्वे विभाग नेपालले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालन गर्न ४ वटा इन्जिन र २ सेट बोगी भारतको मद्रासबाट बनाएर हाजिपुर–जयनगर हुँदै नेपाल ल्याइएको हो। नेपालको राष्ट्रिय झन्डामा अंकित रङमा तयार पारिएका दुवै रेल सेट हाल इनरुवामा छन्।  

    कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीसँग रेल्वे विभागले सम्झौता गरेको थियो। एक पटकमा १३ सय यात्रु अटाउने क्षमता रहेको रेल सञ्चालनले यस क्षेत्रको व्यापारिक र पर्यटकीय क्षेत्रमा ठूलो योगदान दिने उद्योग वाणिज्य महासंघका प्रदेश २ अध्यक्ष शिवशंकर साह हीरा बताउँछन्।

    जयनगरदेखि बर्दिबाससम्म ६९ किमि रेलमार्गमा ८ स्टेसन र ६ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ। विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराढी र बर्दिबास गरी आठ स्टेसन छन्। महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छ।
    स्टेसनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिनेछ। हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक छ। जयनगरमा चार लाइन, इनरुवामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन र जनकपुरमा एक लाइन छ।

    नेपालमा ब्रिटिस–भारत सरकारले सन १९२७ मा निर्माण गरेको अमलेखगन्ज–रक्सौल ३९ किलोमिटर र सन् १९३७ मा निर्माण गरेको जनकपुर–जयनगर ४५ किलोमिटर रेल निर्माण गरिएको थियो। तर, पछि जनकपुर–जयनगर रेल्वेलाई महोत्तरीको विजलपुरासम्म विस्तार गरियो। विस्तारको केही दिन नवित्दै जनकपुर–बिजलपुर २२ किलोमिटर खण्डको पुल बगाएपछि सेवा अवरुद्ध भएको थियो। त्यसपछि जनकपुर–जयनगरमा सीमित भएको रेल सेवा अहिले आएर महोत्तरीको बर्दिबाससम्म विस्तार गरिँदै छ।

    यता जयनगर–जनकपुर–बर्दिबास खण्डको रेल्वे लिक तयार गर्ने काम पनि तीव्र गतिमा हुँदै छ। पहिलो खण्डको ३४ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न भइसकेपछि कुर्था– बिजलपुरासम्मको १७ किलोमिटरको दोस्रो खण्डको काम अन्तिम चरणमा पुगेको छ। बिजलपुरा –बर्दिबासको तेस्रो खण्डको १८ किलोमिटरमा मुआब्जाको विवादले काम हुनै सकेको छैन।

    गाउँगाउँमा पक्की सडक
    मधेसका गाउँगाउँमा अहिले पक्की सडक निर्माण भएको छ। वर्षामा हिलाम्य र सुक्खामा धुलाम्य रहने हुलाकी राजमार्ग अहिले चिल्लो पक्की बनेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामबाट १० अर्ब लागतका २३ योजना सञ्चालित छन्। यस कार्यालयअन्तर्गत पर्ने ४ जिल्ला सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा २३४.६८ किलोमिटर सडक निर्माण चरणमा छ। त्यसमध्ये ११६.८९ किलोमिटर कालोपत्रे, भइसकेको जनकपुर कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचन भण्डारी बताउँछन्।

    ‘हुलाकी राजमार्गको काम धमाधम भइरहेको छ। अहिले सर्लाही जिल्लाअन्तर्गत पर्ने नयाँ रोड–बरहथवा–मधुवनी सडकखण्ड २६ किलोमिटरको २ वटा प्याकेज फाइनल अवस्थामा छन्’, इन्जिनियर भण्डारी भन्छन्, ‘चालु आर्थिक वर्षमै १३.८४ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेका छौं। बाँकी काम पनि तीव्र गतिमा भइरहेको छ।’ 

    हाल ४ जिल्लाको सडकखण्डमा १२ वटा पुल निर्माणाधीन छन्। चालु वर्षमा ८ वटा पुल निर्माणको काम सम्पन्न हुनेछ। यद्यपि, २०६८ सालमा सुरु भएका हुलाकी सडकका योजना २०७७ सालसम्म आइपुग्दा पनि अधुरै छन्।

    लकडाउनका कारण काम प्रभावित भएको आयोजनाका कर्मचारी बताउँछन्। काम नगर्ने निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गर्नुको सट्टा पटक–पटक म्याद थपिएको छ। ठेक्का लिएर भाग्ने प्रवृत्तिका कारण काम अलपत्र छ। मुख्य ठेकेदारले अरूलाई पेटी कन्ट्र्याकमा ठेक्का दिने गरेका छन्। स्थानीय ठेकेदारले पनि काम नगरी योजनालाई कमाई खाने भाँडो बनाएका छन्। ठेक्का तोड्ने चेतावनी दिएपछि मात, बल्ल काम गर्न चासो दिने गरेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑