नयाँदिल्ली | भारतको बिहारस्थित नलन्दमा भूकम्पको धक्का महसुश भएको बताइएको छ ।बिहारका राजनीतिज्ञ, सामाजिक अगुवाहरु सहित थुप्रै युवाहरुले सामाजिक सञ्जालमा समेत भूकम्पको धक्का आएको बताएका छन् ।
भारतीय मिडियाका अनुसार सोमबार राति आएको भूकम्प ३ दशमलब ५ म्याग्निच्युडको थियो ।
युवा नेता तेजस्वी यादव लगायत नेताहरुले सबै बिहारबासीलाई शतर्क रहेर बस्न आग्रह गरेका छन्। यद्यपि भूकम्पबाट मानवीय र भौतिक क्षति भएको कुनै विवरण आएको छैन ।