बीरगंज।फाल्गुन ३ । पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं ०३ मा रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयको व्यास्थापन समितिको गठन शिक्षा नियमावली विपरीत गर्ने लागिएको गाउँपालिका बासी तथा अभिभावकहरुले आरोप लगाएका छन्।
संघीय शिक्षा प्रणालीको ठीक नियम विपरीत गाउँपालिका प्रमुख विजय कुमार चौरसियाले आफै निर्णय गरी अर्को नियम बनाएर समिति गठन गर्ने चलखेल लागेका छन्।
गा .पा. प्रमुखले आफै शिक्षा नियमावली बनाई आधारभूत तहका विद्यामलामा सम्बन्धित वडा अध्यक्ष वा निजले तोकेको ब्यक्ति र माध्यामिक तहमा गाउँपालिका अध्यक्ष वा निजले तोकेको ब्यक्ति नै विद्यालय व्यथापन समितिको अध्यक्ष हुने व्यवस्था गरिएको छ।
उक्त नियमको विरोध गर्दै गाउपालिका बासी तथा अभिभावकहरुले विद्यालयमा गई प्रधानध्यापकालाई ध्यान आकर्षण गराएका छन् साथै संघीय शिक्षा प्रणालीको व्यवस्था अनुसार समिति गठन गर्ने भनेका छन् ।
यस विषयमा विद्यालयका प्रधानध्यापक संग बुझ्दा संघिय शिक्षा नियमावली विपरीत समिति गठन गर्ने काम भइरहेको छ भने स्विविकर गरेका हुन्।तर हामी गाउँपालिका भित्र रहेकोले गाउँपालिकाले बनाएको कानुन संग जाने हो । त्यही भएर म समिति गठन गर्ने तिर लागेको छु।तर यसो विरोध हुँदा म केही दिनको लागि समिति गठन गर्ने प्रक्रिया स्थगित गरी छलफलमा ल्याउनका लागि सबै लाई आग्रह गरेको छु।
नेपाल विद्यार्थी संघका जिल्ला सचिव राकेश कुशवाहाले अभिभावकको अधिकारको हनन नेपालको संविधान तथा संघिय शिक्षा नियमावली विपरीत गाउँपालिका अध्यक्षले एकलौटी रुपले व्यवस्थापन समितिका अध्यक्ष तोक्न पाइँदैन।
उक्त नियमको विरोधमा नेपाली कांग्रेसका गा. पा. प्रमुखका उमेदवार हरी चौहान, ने.का.क्षेत्रिय सदस्य सिन्धु मेहता, राम नाथ साह,नर्सुलाह अंसारी,नवल पटेल,अनिल साह लगायत अन्य थुप्रै नेता, अभिभावक तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।