• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्यालय तहको अन्तिम परीक्षा जेठभित्र, असारदेखि नयाँ शैक्षिक शत्र

  • वीरगंज संजाल
  • २ फाल्गुन २०७७, आईतवार २३:३३
  • ४४६१

    काठमाडौं । सरकारले आगामी जेठ महिनाभित्र विद्यालय शिक्षाको सबै तहका सम्पूर्ण परीक्षा सकेर असारदेखि नयाँ शैक्षिक शत्र शुरु गर्ने तयारी गरेको छ । यसका लागि शिक्षा नियमावली संशोधनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जेठभित्र विद्यालय तहको सम्पूर्ण परीक्षा सकेर असारदेखि नयाँ शैक्षिक शत्र शुरु गर्ने तयारी भइरहेको जानकारी दिए । यसका लागि शिक्षा नियमावली संशोधन प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै राजपत्रमा प्रकाशित हुने उनले बताए ।

    शिक्षा पत्रकार समूहद्वारा आइतबार ‘शिक्षाबार’ अन्तर्र्संवाद कार्यक्रममा बोल्दै सचिव मैनालीले शिक्षा नियमावलीले शैक्षिक शत्रका लागि स्पष्ट रुपमा वैशाखदेखि चैत्र मसान्तलाई तोकेको कारणले नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको र त्यो स्वीकृत पनि भइसकेको जानकारी दिए ।

    अहिले मुख्यतः शैक्षिक शत्र, अन्तिम परीक्षा र कक्षा ११ को पाठ्यक्रमका सम्बन्धमा अन्योल देखिएको भन्दै सचिव मैनालीले पाठ्यक्रमको सम्बन्धमा अदालतको आदेशसँगै निर्णय भइसकेकाले बाँकी दुई अन्योल कायमै रहेको बताए ।

    नियमावली संशोधनका सम्बन्धमा विधान समिति र सामाजिक समितिको छलफल पछि मन्त्रिपरिषद् बैठकले माघ २६ मा ‘माध्यमिक शिक्षा कक्षा १० को एसइइ परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविकबमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ निर्णय गरेको उनले जानकारी दिए । यस्तै, बैठकले शैक्षिक शत्र र विद्यालय तहका सम्पूर्ण कक्षाका विद्यालय स्थानान्तरणका सम्बन्धमा शिक्षा नियमावली २०५९ मा तत्तत् ठाउँमा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

    यही २ फागुनमा शिक्षा मन्त्रालयले कानून मन्त्रालयमा पठाएको र सम्भवतः सोमबार या मंगलवार राजपत्रमा सूचना प्रकाशित हुने सचिव मैनालीले बताए । कुन दिनमा कुन कक्षाको परीक्षा सञ्चालन गर्ने काम परीक्षा बोर्ड र अन्य निकायको सहकार्यमा निक्र्योल गरिने मैनालीले बताए । यो शैक्षिक शत्र २ महिना लम्बिएपछि अर्को शैक्षिक शत्र १० महिनाको बनाएर शैक्षिक शत्रलाई नियमित गतिमै फर्काइने सचिव मैनालीले स्पष्ट पारे ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले शैक्षिक शत्र नेपाल सरकारले निर्णय गर्ने विषय भएकाले निर्णय राजपत्रमा प्रकाशित हुनसाथ बोर्डले बैठक बसेर कक्षा १० र कक्षा १२ को परीक्षाको क्यालेण्डर सार्वजनिक गर्ने बताए । बोर्ड परीक्षा सञ्चालन र व्यवस्थापनका लागि सक्षम रहेको पनि प्रा.डा. पौडेलले स्पष्ट पारे ।

    कोभिडका कारणले गएको वर्ष कक्षा १० र १२ को परीक्षाको मूल्याङ्कनमा केही सामान्य हेरफेर गरिएको भएपनि आगामी दिनमा भने पूर्ववत् रुपमै परीक्षा लिइने उनले प्रष्ट पारे । कक्षा १० को परीक्षा आवेदन फारम खुलिसकेको, कक्षा १२ को आवेदन फारम र कक्षा ११ को रजिष्ट्रेशन खुल्ने चरणमा रहेको पनि पौडेलले जानकारी दिए ।

    नीलकण्ठ नगरपालिका धादिङका नगरप्रमुख भिम ढुङ्गानाले संघीय सरकारले परीक्षाको मात्रै चिन्ता नगरी विद्यार्थीको सिकाइ सुनिश्चिततामा ध्यान दिनुपर्ने बताए । “बल्ल पढाइ शुरु भएको छ, अहिले परीक्षाको होइन, कोर्स कसरी सकाउन सकिन्छ भनेर चिन्ता गर्नुपर्छ,” उनको भनाइ थियो । उनले अहिलेको अन्यौल चिर्न संघ, प्रदेश र स्थानीय तहबीच अन्तर्क्रिया गरेर निर्णयमा पुग्नुपर्ने सुझाए ।

    स्थानीय तहपिच्छे सिकाइ निरन्तरताका फरक–फरक अवस्था रहेकाले स्थानीय तहसँग समन्वय नगरी अन्तिम परीक्षाको निर्णय गर्न नमिल्ने उनको भनाइ थियो । पाठ्यक्रम सकेपछि मात्रै परीक्षा तोक्ने काम हुनुपर्ने भन्दै नगरप्रमुख ढुङ्गानाले परीक्षाका सम्बन्धमा निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिँदा राम्रो हुने विश्वास व्यक्त गरे ।

    “पहिले पाठ्यक्रम सक्नतिर लागौं अनि परीक्षाको तयारी गरौंला,” ढुङ्गानाले भने, “आधा पनि पढाइ पूरा भएको छैन ।”

    नन्दी मावि नक्साल काठमाडौंका प्रअ गीता काफ्लेले भर्खरै विद्यालयहरु माघबाट खुलेकाले जेठको परीक्षाका लागि कोर्स सक्नै मुस्किल हुने बताए । भर्खरै विद्यालय खुलेकाले शिक्षक र विद्यार्थीमा कहाँबाट पठनपाठन शुरु गर्ने भन्ने अन्योल सिर्जना भएको अवस्थामा जेठमा परीक्षा हुनेभएमा शिक्षकलाई जबर्जस्ती कोर्स सक्काउनुपर्ने बाध्यता हुने उनको भनाइ थियो । जेठमा परीक्षा भएमा वर्षको कोर्स ४ महिनामा सक्दा विद्यार्थीको सिकाइ समय नपुग्ने र पूर्ण रुपमा सिकाइ सुनिश्चितता हुन नसक्ने उनले स्पष्ट पारे ।

    भर्चुअल अन्तक्र्रियामा पत्रकार, शिक्षक, अभिभावक, कर्मचारी लगायत ४० बढीको सहभागिता रहेको थियो । शिक्षा पत्रकार समूहले कोभिडको महामारीमा पनि शैक्षिक मुद्दामा छलफल र बहस भइरहोस् भनेर शुरु गरेको साप्ताहिक संवाद श्रृंखला ‘शिक्षाबार’को यो ३३ शृंखला हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑