एजेन्सी । भारतीय राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राती भूकम्प गएको छ । भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् ।
राती १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
भूकम्प ६.१ रेक्टर स्केलको गएको जनाइएको छ भने त्यसको केन्द्रबिन्दु अमृतसरबाट २१ किलोमिटर टाढाको जमिनबाट १० किलोमिटर गहिराईमा परेको जनाइएको छ । यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।