• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पताल अस्तव्यस्त बन्दै, कमिशनमा चल्छन् मेसु ठाकुर

  • वीरगंज संजाल
  • २९ माघ २०७७, बिहीबार २१:३५
  • ५९१३

    वीरगञ्ज । अस्पताल प्रशासनको लापरवाहिका कारण अहिले वीरगञ्जस्थित नारायणी अस्पताल अस्तव्यस्त बन्दै गएको छ ।अस्पतालमा रहेको सीटी स्क्यान, एक्सरे जस्ता सेवा व्यवस्थित नगर्दा उपचारका लागि अस्पताल आएका विरामी चर्को शुल्क तिरेर बाहिरबाट सेवा लिन बाध्य बनेका छन् ।
    निजी क्षेत्रबाट सञ्चालित सीटी स्क्यान तथा एक्सरे सेन्टरबाट अस्पताल प्रशासनलाई कमिशन आउने गरेकोले अस्पतालमा रहेको अत्याधुनिक मेसिन बनाउनेतर्फ चासो नदिएको श्रोतको दाबी छ ।

    यस्तै सरकारले गएको ६ महिना अघि नै पठाएको अत्याधुनिक ४ थान आईसीयू बेड प्रयोगमै नल्याई अस्पताल हाता बाहिरै बेवारिसे पारेर फालिएको छ । आईसीयूलाई सुविधासम्पन्न र व्यवस्थित बनाउन ३ करोड रुपैयाँ आएको भएपनि अहिलेसम्म काम हुन सकेको छैन । गएको ६ महिनादेखि अस्पतालको नेतृत्व गरिरहेका मेडिकल सुपरिटेण्डेन्ट डा. सञ्जयकुमार ठाकुर कर्मचारी नियुक्ति र बाहिरि कमिशन खानमै व्यस्त बन्दा अस्पताल अस्तब्यस्त बन्न थालेको अस्पतालकै कर्मचारीहरु बताउँछन् ।

    अस्पतालमा आएका विरामीले सुलभ सेवा प्राप्त गर्नु पर्नेमा सीटी स्क्यान, एक्सरे जस्ता आवश्यक सेवा नै पाउँनबाट वञ्चित हुनु परेको छ । यसले कम शुल्कमा उपचार हुने ठानेर ग्रामिण क्षेत्रबाट आउने विपन्न तथा निम्न आय भएका विरामीलाई उपचारको पहुँच पाउन कठिन बनाइदिएको छ ।
    सीटी स्क्यान तथा एक्सरेका लागि निजी संस्थामै पुग्नु परेपछि कम खर्चमै नारायणी अस्पतालमै उपचार होला भनेर गाउँगाउँबाट आएका विरामी उपचार नै नगरी घर फर्कन बाध्य हुनु परेको छ ।

    यस्तै सरकारले विपन्न तथा निम्न आय भएका व्यक्तिले सत प्रतिशत छुटमा इमर्जेन्सी सेवा पाउने भनेको भएपनि नारायणी अस्पतालले हरेकसँग शुल्क उठाइरहेको छ । विपन्न तथा निम्न आय भएकाहरुको नाममा आउने सेवा भने अस्पतालका मेसु डा. ठाकुरले कागज मिलाएर लिने गरेको अस्पतालकै कर्मचारी दाबी गर्छन् ।

    त्यस्तै कोभिडका बेला प्रसुती, सर्जिकल तथा मेडिकल वार्डको क्षमता जति थियो अहिलेपनि त्यसमा बृद्धि गरिएको छैन । अहिले उपचारमा आउनेको संख्या दिनहुँ बढीरहे पनि मेसु डा. ठाकुर भने क्षमता बृद्धि गर्ने तर्फ कुनै चासो देखाइरहेका छैनन् ।उनले आफू निकटका कर्मचारीलाई काखि च्यापेर नियम विपरित विभिन्न फाँटको नेतृत्व दिने गरेको भेटिएको छ ।

    सामाजिक सुरक्षा योजनाको नेतृत्वमा पनि डा. ठाकुरले आफू अनुकुल व्यक्ति राखेका छन् । हरेक फाँटमा आफू निकट व्यक्तिलाई मात्रै प्रश्रय दिएर सबै फाँटबाट अकुत कुम्ल्याउने योजनामा लाग्दा अस्पतालको सेवा सुविधा भने खस्कँदै लथालिङ्ग अवस्थामा पुगेको छ ।गएको केही समयअघि जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छड्के जाँचमा समेत अस्पताल प्रमुखको लापरबाही बाहिरिएको थियो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑