परिवार नियोजन सम्बन्धि पालिका स्तरीय एक दिने अन्तरक्रीया कार्यक्रम सम्पन्न
वीरगंज संजाल
१५ आश्विन २०७६, बुधबार १४:५५
२७३३
सखुवाप्रसौनि ।रामकिशोर चौधरी।सखुवाप्रसौनी गाउँपालिकाको अयोजकमा परिवार नियोजन सम्बन्धि पालिका स्तरीय पैरवी कार्यक्रम सखुवा प्रसौनी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।
अन्तरक्रिया कार्यक्रमको गाउँपालिकाको अध्यक्ष प्रदीप जैसवालको अध्यक्ष्ातामा भएको हो।परिवार नियोजन एक दिने अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी,वार्ड ३को वडा अध्यक्ष सलिम मिया अन्सारी, वार्ड ५को रामबालक राम,वडा सदस्य कन।
लक्षमण प्र.साह,महिला सदस्य लक्ष्मीनिया देवी,स्वास्थ्य खोप शाखा अधिकृत अनिल सिंह,ग.पा.स्वास्थ्य संयोजक राजेश रौनियार,दिपनारायण महतो थारू तथा सखुवाप्रसौनी गाउँपालिका अन्तर्गतको स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको उदेश्य:सहभागीहरुलाई राष्ट्रिय,प्रदेश,जिल्ला तथा पालिका स्तरमा परिवार नियोजनका कार्यक्रम तथा बस्तु स्थिति बारे अवगत गराउने।परिवार नियोजन/योजनाको महत्वको साथै यसमा लगानी गर्दाको फाईदा हरुको बारेमा जानकारी गराउनु र सुनौलो परिवार नेपाल द्वारा संचालित अाउटरिच क्लिनिक बाट हाल सम्म पालिकामा भएको सेवा प्रवाहको जानकारी गराउनु रहेको छ।कार्यक्रमको कक्षा खोप अधिकृत अनिल सिंहले दिएको स्वास्थ्य संयोजक राजेश रौनियारले जनकारी दिनुभयो।