वीरगंज | विश्व स्वास्थ्य संगठनको सहकार्यमा फेसबुकले कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदिन काम सुरु गरेको छ ।फेसबुकमा फैलिइरहेको गलत जानकारी मध्य केहीले विशेष आकर्षण पाइरहेका छन् । जसमा कोरोना मान्छेले बनाएको हो र खोप लगाउनु भन्दा रोग लाग्नुनै सुरक्षित रहेको अफवाहहरु विशेष गरी रहेका छन् ।
फेसबुकले खोप हानीकारक रहेको या खोपले अट्जिम गराउन सक्ने जस्ता गलत जानकारीहरुलाई पनि डिलिट गरिदिने भएको छ । फेसबुकले नियमावली नमान्ने पेज, ग्रुप या अकाउन्टहरुमा सर्वप्रथम कानूनी कार्वाही गर्नेछ । धेरै पल्ट गलत जनाकारी फैलाउनेहरुलाई फेसबुकले विशेष ध्यान दिइरहने पनि जनाएको छ ।
त्यसैगरी पेजहरुमा पनि मोडरेटरले बुझेर मात्रै पोष्टहरु अप्रुभ गर्नुपर्ने फेसबुकले जनाएको छ । गलत जानकारीलाई फेसबुकले लेबल गर्न पनि सुरु गर्ने जनाएको छ । यो सबै नयाँ नीतिले कोरोनाको गलत जानकारी फैलिन नदिनका लागी मद्दत पु¥याउने फेसबुकको विश्वास रहेको छ ।
फेसबुकले आगामी दिनमा गलत जानकारी फैलिन नदिन अरु प्रयासहरु पनि गर्ने बताएको छ । फेसबुकले यो हप्ता देखि कोभिड १९ सूचना केन्द्र पनि बनाउन लागेको छ जहाँबाट स्थानिय स्वास्थ्य केन्द्रहरुको बारेमा जानकारी लिन सकिनेछ । यसले रोगको बारेमा सही जानकारी दिने कम्पनीको विश्वास रहेको छ ।