वीरगंज | पछिल्लो २४ घण्टामा नेपालमा थप १३० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोमबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ । हाल देशभर १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।