एजेन्सी | अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा चलचित्र बनाउने भएका छन् । ओबामाको कम्पनी हाइयर ग्राण्ड प्रोडक्सनले चलचित्र बनाउन लागेको हो ।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका थिए । तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।
ओबामा र उनी पत्नी मिसेल ओबामाको कम्पनीले नेटफ्लिक्ससँगको सहकार्यमा चलचित्र बनाउन लागेका हुन् ।तेन्जिङ नाम रहने फिल्ममा शेर्पाको उपलब्धिहरुमा आधारित रहेर हिरो अफ एभरेष्ट थिममा फिल्म बन्ने जनाइएको छ । फिल्मको निर्देशन जेनिफर पिडमले गर्नेछन् । चलचित्र रिलिजको मिति तोकिएको छैन । तर केही वर्षमै चलचित्र रिलिज हुने नेटफ्लिक्सले जनाएको छ ।