नेपाल रेडक्रस सोसाइटी पर्साको ५२ औं जिल्ला सभाको अधिवेशन
वीरगंज संजाल
२४ माघ २०७७, शनिबार २३:३१
३५३७
बिरगंज । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्साको ५२ औ जिल्ला सभाको अधिवेशन शनिबार त्रीजुद्ध माबी बिरगंजमा सम्पन्न भएको छ ।
ने रे सो जिल्ला सभापती बिरेन्द्र राज कडेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी ने रे सो प्रदेश -२ का सभापती फुल महम्मद मिया रहेका थिए । प्रमुख अतिथीले पानसमा बति बाल्नुको साथै रेडक्रसका जन्मदाता जान हेनरी डयुनाको तस्वीरमा माल्यार्पण गरि अधिवेशनको समुदघाटन गरेका थिए ।
सो अवसरमा ने रे सो जिल्ला शाखाको रक्तदान केन्द्रलाई भवन निर्माण मा सहयोग गर्ने सुर्या नेपाल बारा , रेडक्रसलाई सहयोग पुर्याउने बिरगंज महानगरपालिका , बहुदरामाइ नगरपालिका,पर्सागढी नगरपालिका भौराटार उपशाखालाई उत्कृष्ट उपशाखा , बढी रक्तदान गर्ने उपशाखा पोखरिया र महुवन उपशाखा , बढी पटक रक्तदान गर्ने साहेब दरवार सेवा नेपाल बिरगंज , बढी पटक रक्तादान गर्ने ब्यक्तीहरु योगेश खनाल र तवरेज अहमद ४ -४ पटक एवम ३ पल्टलाइ प्रमुख अतिथी र सभापती ले दोसल्ला र सम्मानपत्र दिएर सम्मानित गरेका थिए भने सो सभाका अतिथीहरु साहिब दरवार सेवा नेपालका संरक्षक राजेशमान सिंह , नेरेसो जिल्ला उपकोषाध्यक्ष दयाशंकर सिंह
,मदन प्रसाद गुप्ता, बिणा चौलागाईं ,जितेन्द्र वर्मा ,रामनरेश यादव,बिधा राज भण्डारी ,रिजवानुल हक, सलाउद्दिन अहमद थिए भने जिल्ला कार्यसमितिका पदाधिकारी , सम्पुर्ण उपसाखाका सभासदहरुको उपस्थिति रहेको सोसभामा जिल्ला को बार्षिक प्रगती प्रतिवेदन मन्त्री शैलेन्द्र कुमार चौरसिया र आर्थिक प्रतिवेदन कोषाध्यक्ष महन्थ यादवले प्रस्तुत गरेका थिए । जिल्ला सभा अधिवेशनमा रेडक्रसको सात सिद्धान्त वाचन र स्वागत मन्तव्य उपसभापति मधु राणा एवम सहजीकरण उप मन्त्री साविर एराज अहमदले गरेका थिए ।