वीरगन्ज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)ले चालू शैक्षिक सत्र वैशाख वा जेठसम्म पुर्याउन सरकारसँग माग गरेको छ । प्याब्सनको शनिबार विराटनगरमा सम्पन्न केन्द्रीय बैठकले यस्तो माग गरेको हो ।
कोरोना महामारीले कतिपय विद्यालयले भर्खर कक्षा सञ्चालन गर्न थालेकाले चालू शैक्षिक सत्र वैशाख वा जेठसम्म र ०७८ सालको शैक्षिक सत्र चैतसम्मको विस्तृत कार्ययोजना सरकारले ल्याउन बैठकले माग गरेको छ ।
बैठकले कोरोना महामारीले १० प्रतिशत निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको, विद्यालयको भौतिक संरचना र शिक्षकको रोजगारी सुनिश्चितताका लागि सरकारले आर्थिक सहुलियतसहित निजी विद्यालय मर्जरको नीति ल्याउन पनि माग गरेको छ ।
मौद्रिक नीतिले निजी विद्यालयलाई कोरोना प्रभावितको मध्यम सूचीमा राखेकाले त्यसलाई सच्याएर अति प्रभावित सूचीमा राखिनुपर्ने बैठकको निर्णय छ ।