गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा प्रतिवेदन पेश
वीरगंज संजाल
१५ आश्विन २०७६, बुधबार ०९:५०
२५४९
काठमाडौं : नेपालगञ्जका गाई–गोरु दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवामा मरेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक अधिवक्ता विकास आचार्यले उक्त प्रतिवेदन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणालाई हस्तान्तरण गरे।
समितिले गरेको स्थलगत निरीक्षण, अनुगमन तथा सरोकारवाला निकाय र व्यक्तिहरुबाट सङ्कलित तथ्य र विवरणका आधारमा तयार गरेको २८७ पृष्ठको प्रतिवेदनमा कान्जी हाउसमा रहेका र नगरमा छाडा अवस्थामा रहेको गाईगोरुको उचित व्यवस्थापनका लागि सुझावहरुसमेत पेश गरिएको संयोजक आचार्यले जानकारी दिए।
गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० गाईगोरुमध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि गाई–गोरुको अस्वाभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्न चौतर्फी दबाब भएपछि उपमहानगरपालिकाले नेपालगञ्ज बारका अध्यक्ष आचार्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो ।