आज:
  • होमपेज / Breaking News

    सगरमाथामा फर्जी आरोहण गर्ने दुई भारतीयलाई रोक

  • वीरगंज संजाल
  • १९ माघ २०७७, सोमबार १०:१३
  • ३०१७

    वीरगञ्ज । चार वर्षअघि सगरमाथा आरोहण गरेको फर्जी प्रमाण पेस गर्ने दुई जना भारतीय नागरिकलाई सरकारले १० वर्षका लागि नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउँदै उनीहरूले लिएको प्रमाणपत्र रद्द गरेको छ । २०७३ सालको वसन्तकालीन सिजनमा नरेन्दर सिंह यादव र सीमा रानी ग्वस्वामीले सगरमाथा आरोहण गरेको दाबी गर्दै पर्यटन विभागबाट सोही वर्ष जेठ १६ मा प्रमाणपत्र लिएका थिए । यी दुई भारतीय नागरिकको आरोहण नै शंकास्पद रहेको विदेशी मिडियाबाट सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ महिनाअघि सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

    ‘उक्त छानबिन समितिको प्रतिवेदनले पेस गरेको तथ्यबाट दुवै भारतीयले सफलतापूर्वक सगरमाथा आरोहण गरेको देखिएन,’ पर्यटन सचिव यादवप्रसाद कोइरालाले कान्तिपुरसँग भने, ‘उनीहरूको समितिसमक्ष बुझाएको दाबी पुष्टि गर्न सकिएन । विभागलाई चुचुरोमा पुगेको फर्जी फोटो कम्प्युटरबाट बनाएर दिएका रहेछन् । हामीले फोटो तथा त्यसबेला उनीहरू साथसाथै सगरमाथा आरोहण गरेका आरोहीले दिएको जानकारीका आधारमा दुवैको प्रमाणपत्र रद्द गरेका छौं ।’

    सचिव कोइरालाका अनुसार छानबिन समितिको प्रतिवेदनपछि पनि ती भारतीयहरूलाई अन्तिम पटक स्पष्टीकरण सोधिएको थियो । तर उनीहरूले प्रमाण जुटाउन नसकेपछि कारबाही गर्ने निर्णय गरिएको हो । मन्त्रालयले पर्यटन ऐन २०३५ अनुसार, झूटो प्रमाण पेस गर्ने आरोहीबाहेक उक्त आरोहण दलका नेता, सम्पर्क अधिकृत र उक्त आरोहण व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्सलाई पनि कारबाही गर्ने निर्णय गरेको छ । तर कसलाई के कारबाही भनेर खुलाइएको छैन ।

    उक्त ऐनले मन्त्रालयलाई ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म पर्वतारोहण कार्यमा रोक लगाउनेलगायत कारबाही गर्न सक्ने अधिकार दिएको छ । यसैबीच उक्त आरोहण दलका भारतीय नेता आरोही नवकुमार पुकनलाई पनि मन्त्रालयले कूटनीतिक माध्यमबाट सचेत गराउने निर्णय गरेको छ । त्यस्तै नेपाल सरकारले सम्पर्क अधिकृत तोकेर सगरमाथा क्षेत्रमा खटाएका अधिकृत पवनकुमार घिमिरेलाई पनि सचेत गराउने निर्णय गरेको छ । अधिकृत घिमिरेले दिएको प्रतिवेदनका आधारमा विभागले प्रमाणपत्र जारी गरेको थियो ।

    यसअघि पर्यटन विभागलाई झुक्याई आरोहण गरेको दाबी गर्दै २०७३ मै प्रमाणपत्र लिने भारतकै दिनेश राठौर र ताराकेशरी राठौरको प्रमाणपत्र पनि रद्द गरिएको थियो । विभागकी निर्देशक मीरा आचार्यका अनुसार राठौर दम्पतीलाई नेपालका हिमालमा आरोहणमा रोक लगाउँदै प्रमाणपत्र रद्द गरिएको पहिलो घटना थियो । उनीहरूलाई त्यसैताका कारबाही गरिएको थियो ।

    त्यसै वर्षको वसन्तकालीन हिमाल आरोहणमा नरेन्दर सिंह यादव र सीमा रानी ग्वस्वामीले सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रमाणपत्र लिएका थिए । तर, उनीहरूले फर्जी प्रमाण पेस गरेको केही महिनाअघि मात्रै चर्चामा आएपछि सरकारले भदौमा छानबिन समिति गठन गरेको थियो । सचिव कोइरालाका अनुसार यो घटनामा भारत सरकारले पनि चासो व्यक्त गरेको थियो ।निर्देशक आचार्यका अनुसार २०७३ यता हालसम्म ८ जना भारतीय र एक जना यूएईका नागरिकले विभागलाई झुक्याउँदै सगरमाथा आरोहण गरेको दाबी गरेका छन् ।

    जसमध्ये २०७६ को वसन्तकालीन हिमाल आरोहणका क्रममा भारतका विकास राणा, शोभा वनवाला, अंकुश कासाना, नाहिदा मन्जोर र यूएईका खादिजा मोहली तुर्की अल्बोसी गरी पाँच जनाले पनि सगरमाथा आरोहण गरेको दाबी पुष्टि गर्न सकेनन् । यी पाँच जनाबारे मन्त्रालयले अध्ययन समिति बनाए पनि हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑