काठमाडौं । सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित सोनाम ग्याल्जेन शेर्पाले दलित परिवारको विद्युत् महसुल तिरिदिएका छन् ।
वडासदस्य तथा नगरकार्यपालिका सदस्य शेर्पाले वडाका ३२ परिवारको विद्युत् महसुल तिर्दै आएका छन् ।
सदस्य शेर्पाले नगरपालिकाको मासिक ९ हजार, दलित परिवारको ६ हजार गरी करिब १५ हजार रुपैयाँ विद्युत् महसुल तिर्दै आएका छन् ।
गार्मास्थित नाजिङमा चाडपर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा शेर्पाले दलित समुदायका घुरमुलीलाई पछिल्लो ६ महिनाको महसुलबापतको रकम वितरण गरेका छन् ।