• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    नेपालीले बनाएको एपबाटै यसरी तयार पार्नुहोस् पासपोर्ट साइजको फोटो

  • वीरगंज संजाल
  • १९ माघ २०७७, सोमबार १०:५८
  • ३४६१

    वीरगञ्ज । कोरोनाको महामारीका कारण मानिसहरु अझै पनि सकेसम्म घरबाट बाहिर निस्किन नपरोस् भन्ने सोचिरहेका छन् । कतिपयले त अझै अफिसको काम घरबाटै मोबाइल वा ल्यापटपको माध्यमबाट गरिरहेका छन् ।

    शपिङदेखि रकम ट्रान्सफर गर्नेसम्मका सबै आवश्यक काम अनलाइनमार्फत भइरहेका छन् । यस्तोमा तपाईंलाई बैंक वा नागरिक एप वा अन्य कुनै सुविधाका लागि अनलाइनबाट खाता खोल्न फर्म भर्नुपर्‍यो भने पासपोर्ट आकारको फोटो आवश्यक भइरहेको हुन्छ ।

    स्टुडियोमा गएर खिचाउने हो भने पनि सफ्टकपी नभएर प्रिन्ट कपी हात पर्छ । यस किसिमको झन्झटबाट दूर गर्नका लागि आज हामी तपाईंलाई घरमा आफ्नै मोबाइलबाट पासपोर्ट आकारको फोटो तयार पार्ने तरिकाबारे बताउँदै छौं ।

    एन्ड्रोइडका लागि गुगल प्ले स्टोरमा स्मार्टफोनमा फोटो एडिटिङका लागि अनेकौं एपहरु पाउन सकिन्छ, जसबाट तपाईंले निःशुल्क रुपमा पासपोर्ट आकारको फोटो तयार पार्न सक्नुहुन्छ । जसमा तपाईं पासपोर्ट साइज साइज फोटो एडिटर एप डाउनलोड गरेर फोटो बनाउन पनि सक्नुहुन्छ ।

    नेपाली एप तथा गेम डेभलपर कम्पनी यार्साले बनाएको यो एपका हाल विश्वभर ४० लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् । कम्पनीका संस्थापक एनजे सुवेदीका अनुसार एपका प्रयोगकर्ता नेपालमा भन्दा विदेशमा धेरै प्रयोगकर्ता छन् ।

    नेपाल र भारतमा यो एप निःशुल्क प्रयोग गर्न सकिने बनाइएको छ । तर विज्ञापन भने देखिने गर्छ । यो एप तयार भएको पाँच वर्षभन्दा बढी भइसकेको छ । पासपोर्ट आकारको फोटो बनाउने एपहरुमा यार्साले बनाएको एप नै विश्वको नम्बर वान एप भएको सुवेदीको दाबी छ ।

    कसरी बनाउने ?

    सुरुमा आफ्नो एन्ड्रोइड स्मार्टफोनबाट यहाँ क्लिक गरेर पासपोर्ट साइज फोटो मेकर एप डाउनलोड गरी इन्स्टल गर्नुहोस् । आईओएस एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

    अब एप खोल्नुहोस् र न्यु फोटो लेखिएको स्थानमा थिच्नुहोस् ।

    पासपोर्ट आकारको फोटोको साइज देश प्रयोजन अनुसार फरक हुने भएकाले त्यहाँ नेपाल सर्च गर्नुहोस् । अब त्यहाँ आफूलाई आवश्यक साइज छनौट गर्नुहोस् ।

    त्यहाँ एउटा पपअप विण्डो खुल्नेछ । त्यसमा कुन गुणस्तरको फोटो चाहनुहुन्छ, त्यसअनुसार डीपीआई (डट पर इन्च) छनौट गर्नुहोस् र ओकेमा क्लिक गर्नुहोस् ।

    अब एपले तपाईंको फोटो तथा स्टोरेजमा एक्सेस माग्नेछ, त्यसमा अलाउ बटनमा ट्याप गर्नुहोस् ।

    त्यहाँ तपाईंले फोटोग्राफर गाइडमा गएर उपयुक्त पासपोर्ट आकारको फोटो खिच्ने तरिकाको बारेमा जानकारी लिन सक्नुहुन्छ ।

    अब पासपोर्ट आकारको फोटो तत्काल खिच्ने वा आफ्नो फोनको ग्यालरीमा रहेको फोटोलाई पासपोर्ट आकारमा तयार पार्ने निश्चित गर्नुहोस् ।

    यदि तत्काल खिच्न चाहनुहुन्छ भने तल बायाँतर्फ रहेको क्यामेरा आइकनमा ट्याप गर्नुहोस् र क्यामेरालाई अलाउ गरेर अनुमति दिनुहोस् ।

    अब जसको फोटो खिच्न चाहनुहुन्छ, उक्त व्यक्तिलाई क्यामेरामा रहेको फ्रेमभित्र पार्नुहोस् । यदि आफ्नै फोटो खिच्दै हुनुहुन्छ भने सेल्फी क्यामेरा प्रयोग गर्नुहोस् ।

    तस्वीर खिचिसकेपछि तल पुछारमा रहेको स्टार्ट एडिटिङ बटनमा ट्याप गर्नुहोस् ।

    नेपाल भारत लगायतका देशमा यो एपले निःशुल्क सुविधा दिने भएकाले तपाईंलाई विज्ञापनले भने केही दिक्क बनाउन सक्छन् । विज्ञापन समाप्त भएपछि तलको क्लोज बटन दबाउनुहोस् ।

    अब आवश्यक छ भने फोटो एडिट गर्नुहोस् र माथि दायाँ कुनामा रहेको नेक्स्ट बटनमा ट्याप गरी अगाडि बढ्नुहोस् ।

    औँलाको इसारा गरेको स्थानमा दबाएर पासपोर्ट साइजको फोटको फ्रेम मिलाउनुहोस् र माथि दायाँ कुनामा रहेको क्रप बटनमा थिच्नुहोस् ।

    आवश्यक छ भने ब्राइटनेस, कन्ट्रास्ट, एक्सपोजर, स्याचुरेसन र टेम्प्रेचर मिलाउनुहोस् र पुनः माथि दायाँ कुनामा रहेको नेक्स्ट बटनमा दबाउनुहोस् ।

    यति गरेपछि तपाईंको पासपोर्ट आकारको फोटो तयार हुन्छ र माथि दायाँ कुनामा रहेको सेभ बटन दबाउनुहोस् ।

    यदि फोटोमा ब्याकग्राउण्ड हटाउनुपर्ने आवश्यकता छ भने तपाईंलाई एपले नै तल पुछारमा त्यसका लागि सुझाव दिनेछ । त्यसमा रहेको चेञ्ज बटनमा थिच्नुहोस् ।

    त्यसमा दिइएका उपयुक्त टुल प्रयोग गरेर ब्याकग्राउण्ड हटाउनुहोस् र अन्तिम दायाँ कुनामा रहेको टिक मार्कमा थिच्नुहोस् र माथि दयाँ कुनामा रहेको सेभ बटनमा दबाउनुहोस् ।

    अब उपयुक्त ब्याकग्राउण्ड कलर छनौट गर्नुहोस् र डन बटनमा थिच्नुहोस् अनि सेभ गर्नुहोस् ।

    अब त्यहाँ फोटोको नाम राख्नुहोस्, जेपीजी वा पीएनजीमध्ये कुनै एक फर्म्याट रोज्नुहोस् ।

    फाइल साइजमा गएर तपाईंले कति केबी वा एमबी साइजको फोटो बनाउने भनेर मिलाउन पनि सक्नुहुन्छ । सबै कुरा मिलाइसकेपछि अन्तिममा रहेको सेभ बटनमा दबाउनुहोस् ।

    अब त्यहाँ तपाईंले सुरुमा रहेको शेयरिङ बटनबाट आफ्नो पासपोर्ट साइजको फोटो अरुलाई पठाउन सक्नुहुन्छ । डनमा थिचेर फिनिस गर्नुभयो भने तपाईंको मोबाइलमा सेभ हुनेछ ।

    अन्तिममा रहेको प्रिन्ट मल्टिपल कपीज अप्सनमा थिचेर एकसाथ थुप्रै पासपोर्ट साइजको फोटो बनाउन सक्नुहुन्छ ।

    यसरी तयार भएको फोटो खोज्न तपाईं अन्यत्र जानै पर्दैन । एपमा गएर माइफोटोज भित्र आफ्नो पासपोर्ट साइजको फोटो फेला पार्न सक्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑