• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चितवनमा प्रधानमन्त्रीले फेरि उठाए राम जन्मभूमिको विषय

  • वीरगंज संजाल
  • १८ माघ २०७७, आईतवार ०१:०१
  • ३४८५

    बिरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे फेरि कुरा उठाएका छन्। शनिबार चितवनमा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (ओली) समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रामको जन्मभूमिमा राम मन्दिर बनाइने बताए।

    यसअघि प्रधानमन्त्री ओलीले भानु जयन्तीका दिन भगवान रामको जन्म नेपालमै भएको बताएका थिए। त्यसपछि फेरि उनले शनिबार रामको जन्मभूमि नेपालमै रहेको भन्दै जन्मभूमिमा राम मन्दिर बनाइने बताए। उनले रामको मूर्ति बनिसकेको, सिताको मुर्ति बन्दै गरेको उल्लेख गर्दै आगामी वर्ष मन्दिर निर्माण हुने जनाए।

    प्रधानमन्त्री ओलीले राम मन्दिरकै विषयलाई लिएर प्रचण्ड–माधव समूहको आलोचनासमेत गरे। २०७४ को आम निर्वाचनमा चितवनबाट निर्वाचित तीनै जना सांसद प्रचण्ड–माधव समूहमा रहेको विषय उठाउँदै प्रधानमन्त्री ओलीले निर्वाचित सांसदरले रामको जन्मभूमिमा राम मन्दिर किन बनाउन नसकेको भन्दै प्रश्नसमेत गरे। चितवनबाट निर्वाचित सांसदहरु पुष्पकमल दाहाल प्रचण्ड, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल ओलीसँग छैनन्।

    यस्तै शनिबार नै उद्घाटन गरिएको ६ लेनको सडकको विषयमा बोल्दै चितवन महानगरपालिकाकी मेयर रेणु दाहालकोसमेत आलोचना गरे। उनले मेयर दाहालको नाम नलिइ उनलाई ‘केटाकेटी’समेत भनेका छन्।

    मेयर दाहालले सडक आफूले उद्घाटन गर्न पाउनुपर्ने भन्दै विज्ञप्ति जारी गरेकी थिइन्। सोही प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले सडकका लागि रकम दिएको तर उद्घाटन कुन चाही केटाकेटीले गर्ने भन्दै प्रश्न गरेका थिए।

    पार्टीको विवादबारे बोल्दै प्रधानमन्त्री ओलीले तीन जना पूर्व प्रधानमन्त्रीहरु सडकमा लुखुर लुखर हिँडिरहेको बताए। पूर्वप्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल प्रतिनिसभा विघटनविरुद्ध देशभर आयोजना भइरहेका विरोधसभामा सहभागी भइरहेका छन्। प्रधानमन्त्री ओलीले उनीहरुमाथि नै व्यंग्य गरेका हुन्।

    अर्को प्रसंगमा ओलीले नेकपा विभाजन नभएको र आफू नै आधिकारिक भएको बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
  • भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु
  • राजावादीले सुरु गरे धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    News

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    News

    राजावादीले सुरु गरे धर्ना

    News

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑