वीरगंज। बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अहिलेसम्म ७० वटा देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ ।
यो भ्यारिएन्ट पहिलेको भन्दा ७० प्रतिशत धेरै खतरनाक रहेको बताइएको छ ।यस बारेमा डब्ल्यूएचओले साप्ताहिक रिपोर्ट जारी गरेको छ ।
यसलाई बी १.१.७ वा भीओसी २०२०१२/०१ नाम दिइएको छ ।यो केस बेलायत, डेनमार्क र आयरल्याण्डमा कमी हुँदै गइरहेको छ ।