• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रिय नर्स दिवसको शुभकामना

  • वीरगंज संजाल
  • १५ माघ २०७७, बिहीबार ०९:५९
  • ७१८९

    वीरगंज |कोरोना त्रासका कारण सेतो कोट लगाउने नर्स, डाक्टर अनि पारामेडिक्सहरूलाई पनि राष्ट्रिय सुरक्षाका हिसाबले लडाईंका बेला अग्रपंक्तिमा लड्ने सेना बराबर मानिन थालिएको छ । किनभने मानिसबीच सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा पनि डाक्टर–नर्स विरामीको उपचारमा खटे । यसअर्थमा राष्ट्रिय नर्सिङ्ग दिवसको परिवेश यो वर्ष निकै महत्वपूर्ण छ ।
    बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको थियो । मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका थिए । सानो टुकी बालेर ‘फ्लोरेन्स नाईटएगंल’ घाइतेहरूको सेवामा हरपल तत्पर खटेकी थिइन् ।

    गएको शताब्दीमा संसारभरिका मान्छेहरूले अत्यन्त महत्व दिएर आदरणीय रूपमा हेरिने नर्सहरूबारे कुरा गरौँ । सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधिहरू बोकेकी अनि मुस्कानसहितको पहिचानका प्रतीक मानिन्छ, ‘स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य परिचारिका नर्सलाई ।’
    नर्स भन्नासाथ अस्पतालको याद आँउछ, अनि स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ । त्यहीकारण हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा पनि ‘नर्स दिवस’ मनाइन्छ ।नर्सिङ्ग सेवाको इतिहास नेपालमा खासै पुरानो भने छैन । तर महामारी त्रासको परिपेक्ष्यमा नर्सहरूको महत्व छ । हामी नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ ।

    जब राणा शासक वीर शमशेरले विक्रम सम्बत् १९४७ साल साउनमा ‘वीर अस्पताल’को स्थापना गरे । वीर शमशेरले स्थापना गरेको हुँदा ‘वीर अस्पताल’ रहन गएको हो । जुन अस्पताल नेपालको पहिलो सार्वजनिक अस्पताल थियो ।त्यसपछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यत्तिहरू मात्रै थिए । वीर अस्पतालको इतिहास पल्टाउँदा उतिबेला ड्रेर्सिङ्ग लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे ।

    नर्सिङ्ग सेवाको नेपाली इतिहास चाहिँ विसं २०१३ बाट शुरु भएको देखिन्छ । केही गृहणीहरू लगायतका नेपाली चेलीले औपचारिक रूपमा नर्सिङ्गको तालिम लिएपछि यो सेवा सुरु भएको हो । राणा शासनका बेला सभ्रान्त परिवारमा स्वास्थ्य–उपचार अनि नर्सिङको महत्व चाल पाएर नेपालमा नर्सिङ्गको सुरुवात भएको विश्वास गरिन्छ ।राणाशासनकै बेला चार नेपाली चेली विद्यावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली चेलीहरूले भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ्ग कोर्स गरेर आउने चलन बढेको पाइन्छ ।

    आज टोल–टोलमा क्लिनिक र अस्पताल देख्न सकिन्छ । अनि नर्सहरूको उपस्थिति पनि बाक्लै देख्न सकिन्छ । शहर–शहरमा नर्सिङ्ग कलेजहरू खुलेका छन् । अझ विदेश जान सहज हुने भएकाले नर्सिङ्गप्रतिको आकर्षण बढ्दै गईरहेको छ ।नर्सिङको अचम्मको कुरा के छ भने यो पेशामा पुरुषहरू नगण्य मात्रामा संलग्न छन् । केही समय अघि केही नर्सिग कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ्ग तालिम दियो । तर पछि पुरुषहरू पेशा त्यति आकर्षित नभएको पाइयो ।शायद माया, स्नेह अनि ममतामयी काममा महिलाको मधुर उपस्थिति नै अत्युत्तम लागेको हुन सक्छ । विरामी हामीमध्ये जो कोही पनि पर्न सक्छौ । मनोवैज्ञानिक रूपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आशलाग्दो ब्यक्तित्वहरूको उपस्थिति र सहयोगले छिटै निको हुन्छ भन्ने विश्वास पलाउँछ ।

    हामी सबैलाई नर्सहरूबाट अझै धेरै सद्भाव र आशाको अपेक्षा छ । शुरु शुरुमा नर्सिङ्गलाई दुःख लाग्दो पेशा मानिन्थ्यो । हुन पनि रोगीको स्याहार सुसार गर्नु सजिलो काम होइन । एकातिर रोगीको सुसारे हुनुपर्ने अर्कातिर रात्रीकालीन ड्यूटी पर्ने हुँदा दुःखको पेशा भनिएको हुनुपर्छ ।विरामी अनि घाउ–रगतसँग निको पार्ने काम गर्नुपर्ने सजिलो होइन । त्यस्तो सेवालाई पनि उति राम्रो रूपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरूको उपस्थिति आकर्षण रूपमा लिने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑