• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

  • वीरगंज संजाल
  • १३ माघ २०७७, मंगलवार ११:२०
  • ३८७७

    रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया उडेका थिए । बिपन्न परिवारका कुर्मी साहुसंग ऋण गरेर मलेसियाको हेप्सन कम्पनीको सेलर मिलमा काम गर्न गएका थिए । तर उनको नयाँ घर बनाउने सपना सपनामै सिमित भयो । गत पुस ८ गते राति १२ बजेसम्म आफनो श्रीमती सुखी देबीसंग फोनमा गफ गरेका कुर्मी बिहान ४ बजे मृत्यु भएको खबर आयो । खबर उनका साथीले सुनाएका थिए ।

    मादक पदार्थ सेवनबाट मृत्यु भएको मलेसियाको पोष्टमार्टमले जनाएको भएता पनि उनको मृत्यु मदिरा सेवनबाट नभएको परिवारको दाबी छ । उनका साडुभाइ राम प्रवेश पटेलका अनुसार उनको मृत्यु कुटपिटबाट हुनुपर्ने अनुमान गरेका छन् । राती १२ बजेसम्म श्रीमतीसंग कुरा गर्दा मदिरा सेवन गरेको जस्तो कुनै हाउभाउन नभएको साडुभाइ पटेलले बताएका छन् ।

    एक धुर पनि जमिन आफनो नाममा नभएका सुकुम्बासीको रुपमा रहेका मृतक कुर्मी जमिन किनेर नयाँ घर बनाउने योजना बनाएर बिदेश गएको उनकी श्रीमती सुखी देबीले बताइन् । पतीको शोकमा डुबेकी सुखी देबीले आफनो ३ वटा छोराको भबिष्य अन्धकार भएको गुनासो गरिन् । कुर्मीको १५ बर्षीय राजेश, १२ बर्षीय रबि किसन र १० बर्षीय पवन राउत कुर्मी छोरा रहेका छन् ।

    नयाँ घरमा बस्ने सपना सबै चकनाचुर भएको र उल्टै साहुको ऋण नै बाँकी रहेको सुखी देबी बताउँछिन् । मृतक कुर्मीका ७० बर्षीय बुबा महेश्वर राउत छोराको निधनले सबै सपना हावाहुरीले उडाएर लगे जस्तो भएको बताएका छन् । जेठो छोरोको रुपमा रहेका कुर्मीको निधनले आफुलाई नै अचेत बनाएको बुबा राउतको भनाइ छ । घरको आर्थिक अबस्था सबै छोरोले नै धानेको अब घरको अबस्था कस्तो होला भन्ने झन चिन्ता बढेको बुबा राउत बताउँछन् ।

    कुर्मीको शब माघ ११ गते घरमा आइपुगेको थियो । एक महिना भन्दा बढी समय पछि शव घर ल्याउन सफल भएको मृतक कुर्मीका साडुभाइ राम प्रवेश पटेलले बताए । बैदेशिक रोजगार प्रर्बधन बोर्ड काठमाण्डौको सहयोगमा शव ल्याउन सफल भएको उनी बताउँछन् । शब ल्याउन परिवारको ४० हजार भन्दा बढी खर्च भएको पटेलको भनाइ रहेको छ । कुर्मीको शब ११ गते नै हिन्दु धार्मिक परम्मपरा अनुसार बागमती नदिमा दाहसंस्कार गरिएको थियो ।

    कुर्मीको शब घर आएको भएतापनि उनलाई सम्बन्धित कम्पनी तथा बिभिन्न सरोकारवालाहरुले कुनै पनि किसिमको सुबिधा नदिएको परिवारको गुनासो छ । आफुले पाउने सेवा सुबिधा उपलब्ध गराइदिनको लागि सबैको सहयोगको अपेक्षा राखेको साडुभाइ पटेलले बताए । मृतक कुर्मी २०७२ सालमा पनि सोही कम्पनीमा सिजिनल म्यानपावर, सामाखुसी काठमाडौं माफर्त बिदेशिएका थिए । कुर्मीसंगै सो दिन १८ जनाको शव नेपाल भित्रिएको थियो ।रमेश तिमलसिना

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑