• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    ‘अरुले के भन्छ ठानेर मानिसहरु आफ्ना सपना पूरा गर्नबाट चुके’

  • वीरगंज संजाल
  • १२ माघ २०७७, सोमबार २२:५२
  • ४१४९

    वीरगंज । पोलिमेथ अर्थात् बहुविषयमा ज्ञान भएको व्यक्तिका लागि प्रयोग गरिने शब्द ।त्यस्तो व्यक्तिलाई ‘पोलिमेथ’ भन्न सकिन्छ जसले एउटा मात्र होइन विभिन्न विषयमा दक्षता हासिल गरेको हुन्छ । तर, कतिवटा क्षेत्रमा कतिसम्म दक्ष हुनुपर्छ भनेर कुनै सीमारेखा तोकिएको भने छैन । अनुसन्धानकर्ताहरुका अनुसार कुनै दुई वा त्यसभन्दा बढी भिन्न क्षेत्रमा औपचारिक रुपमा विज्ञता हासिल गरेका मानिसलाई ‘पोलिमेथ’ भन्न सकिन्छ । यस शब्दको प्रयोग सर्वप्रथम १७ शताब्दीको शुरुवातमा गरिएको बताइएको छ ।

    यही वर्ष छापिएको वकास अहमदको पुस्तक ‘पोलिमेथ’ले पनि यस विषयमा थप प्रष्ट्याएको छ । केही हदसम्म यो पुस्तकले उनकै नीजि जीवनलाई पनि प्रतिबिम्बित गर्दछ किनभने उनको व्यक्तित्व पनि बहुआयमिक छ । अहमदले अर्थशास्त्रमा स्नातक गरेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध र न्यूरो साइन्समा उनीसँग स्नातकोत्तर डिग्री छ ।

    उनले राजनयिक पत्रकार र निजी प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन् । त्यस्तै उनी विश्वकै सबैभन्दा भव्य कला सङ्ग्रहका कला निर्देशक हुन् भने पेशाले उनी कलाकार पनि हुन् ।

    यतिको उपलब्धिका बावजुत पनि उनी आफूलाई पोलिमेथ मान्दैनन् । कम्तीमा ३ क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएपछि मात्रै पोलिमेथ कहलाउन योग्य हुने उनको मान्यता छ ।

    उनका नजरमा पोलिमेथ हुन् : लिअ‍ोनार्दो दा भिन्ची (चित्रकार, आविष्कारक र ख्याति कमाएका वैज्ञानिक), योहान वुल्फगांग फान गेटे (महान लेखक, जीव विज्ञान, भौतिकशास्त्र र खनिज विज्ञानका ज्ञाता), फ्लोरेन्स नाइटिंगेल (आधुनिक नर्सिङकी संस्थापक, धर्मविज्ञानी र सांख्यिकीविद्) ।

    यी व्यक्तिहरुको जीवनी र मनोवैज्ञानिक साहित्यको समीक्षापछि अहमदले आखिर उनीहरु कसरी बहुआयमिक विषयका ज्ञाता बन्न सफल भए भन्ने कुरा पत्ता लगाए ।

    पोलिमेथ हुन औसतभन्दा बढी मेधावी हुनैपर्छ । त्यस्तै जिज्ञासा र उदारता पनि पोलिमेथ बन्नलाई आवश्यक मुख्य गुण हुन् ।

    कुनै पनि घटना वा विषयमा जिज्ञासा राख्ने र त्यस विषयका भित्री कुराहरु केलाउँदै जाने विशेष प्रवृत्ति हुन्छ यस्ता व्यक्तिमा । यसरी अनुसन्धानमा डुब्दै जाँदा उनीहरु आफ्नो खोजभन्दा भिन्न क्षेत्रमा पनि पुग्न सक्छन् तर, त्यसले खासै फरक पार्दैन उनीहरुलाई किनकी उनीहरु नयाँ कुराका थाहा पाउन सधै तयार हुन्छन् ।

    बहुज्ञानी बन्ने उपाय ?

    भिन्ची, गेटे, एंथिल जस्ता पोलिमेथ आत्मनिर्भर थिए । उनीहरु स्वअध्ययन गर्थे । व्यक्तित्ववादी थिए र आत्मसन्तुष्टिलाई महत्त्व दिन्थे । यिनै विशेषताका कारण उनीहरु विश्वलाई एउटै नजरियाले हेर्थे ।

    अहमद भन्छन्, ‘उनीहरु विभिन्न विषयका बारेमा चासो दिने मात्र होइन ती विषयसँग मौलिक रुपमै जोडिन खोज्थे ताकि तिनका बारेमा अन्तर्दृष्टि मिलोस् ।’
    पोलिमेथ ठहरिन निश्चित ‘जेनेटिक’ आधार हुनसक्छ तर, त्यसलाई हाम्रो सामाजिक संरचनाले पनि फरक पारिरहेको हुन्छ ।

    धेरै बालबालिकाहरु भिन्नभिन्न विषयमा रुची राख्ने किसिमका हुन्छन् तर, हाम्रो शैक्षिक संरचना र रोजगारीको व्यवस्था नै यस्तो छ कि उनीहरुलाई एउटै विषयमा दक्ष बन्न उत्प्रेरित गर्दछ ।

    पोलिमेथ बन्ने खुबी धेरैजनामा हुन्छ तर, उनीहरुलाई सही मार्गनिर्देशनको आवश्यकता पर्दछ ।

    जर्ज वासिङ्टन विश्व विद्यालयबाट विद्यावारिधि गर्ने एञ्जेला कोटेलेसाको पनि यही धारणा छ । उनले ‘आधुनिक पोलिमेथ’हरु माथि अनुसन्धानमा गरिन् ।
    कला र विज्ञान क्षेत्रमा सफल करियर बनाएका र आफूलाई पोलिमेथ मान्ने व्यक्ति उनको अनुसन्धानमा समावेश थिए ।

    अहमदजस्तै उनले पनि पत्ता लगाइन् कि बहुज्ञानी हुनलाई जिज्ञासा सबैभन्दा महत्त्वपूर्ण गुण रहेछ । साथै अरुको आशा र अपेक्षाभन्दा माथि उठेर आफ्नो इच्छा र सपना पूरा गर्ने संकल्प पनि हुनुपर्ने रहेछ ।

    ‘हामी यस्तो समाजमा बस्छौं जहाँ विशेषज्ञतामा जोड दिइन्छ तर, बहुज्ञानी हुने लक्षण भएका व्यक्तिहरुलाई यस्तो सोचले फरक पार्दैन, उनीहरु आफ्नो बाटो आफै बनाउँछन्,’ कोटेलेसा भन्छिन् ।

    समाजमा यस्तो आत्मबल नभएका व्यक्तिहरु धेरै छन् ।

    दोस्रो विषयबाट हुने फाइदा

    धेरैवटा रुची छन् भने तिनलाई पूरा गर्न हामी संकोच किन मान्छौं ? किनभने हामीलाई डर हुन्छ धेरैवटा नाउमा खुट्टा राख्दा डुबिन्छ कि भनेर ।
    तर, अनुसन्धानले बताउँछ कि यस्तो रुची हुनुले व्यक्तिको सिर्जनात्मकता र उत्पादनशीलता झन् बढाउँछ ।

    अन्य विषयमा रुची राख्नुले मुख्य क्षेत्रबाट ध्यान विचलित गर्छ भन्ने गलत अवधारणा भएतापनि यसले प्राथमिक क्षेत्रमा झनै सफलता प्राप्त गर्न मद्दत पु-याउने कोटेलेसाको अनुसन्धानमा पाइएको छ ।

    डेविड एपस्टीनले आफ्ना किताबमा लेखेका छन् औसत वैज्ञानिक भन्दा विशिष्ट वैज्ञानिकहरुले विभिन्न क्षेत्रमा रुची राख्ने सम्भावना अधिक हुन्छ ।
    नोबेल पुरस्कार विजेता वैज्ञानिकहरु अन्य औसत वैज्ञानिक भन्दा बढी नाच्न, गाउन, अभिनय गर्न आदिजस्ता कलाका क्षेत्रमा पनि रुची राख्ने सम्भावना बढी हुन्छ ।

    उनीहरुमा दृश्य कला निर्माण गर्ने क्षमता १७ गुना, कविता लेख्ने क्षमता १२ गुना र संगीतकार हुने सम्भावना ४ गुना बढी हुन्छ ।
    अहमद र अन्य अनुसन्धानकर्ताहरुका अनुसार यसले क्रस पारागन जस्तै काम गर्छ । अर्थात्, एउटा क्षेत्रको विचार अर्को क्षेत्रमा नयाँ आविष्कार गर्ने प्रेरणा बन्न सक्छ ।

    एंथिलले पहिला पियानोको स्वर लिपिमा काम गरेका थिए पछि त्यही ‘मेकानिजम’को प्रयोग गरेर उनले हेडी लेमारसँगको सहकार्यमा वायरलेस यन्त्र बनाए ।
    लियोनार्दो दा भिन्ची जस्ता विलक्षण प्रतिभाको जीवनले त यो कुरालाई झनै प्रष्ट्याउँछ । उनलाई शरीर विज्ञान, गणित र ज्यामिति विषयमा विशेष ज्ञान थियो जसले उनका चित्रहरुमा पनि एउटा छुट्टै निखार ल्याउन मद्दत पु-यायो । र,उनको दृश्य कल्पना गर्नसक्ने क्षमताले मेकानिकल इन्जिनियरिङमा पनि सिर्जनात्मकता थपिदियो ।

    एउटै क्षेत्रमा समय खेर नफालौं, ध्यान बाँडौं

    यदि तपाई पनि पोलिमेथ बन्न चाहनुहुन्छ भने अहमदको सबैभन्दा महत्वपूर्ण सल्लाह छ – समय व्यवस्थापन गर्नुस् र विभिन्न रुचीहरुलाई स्थान दिनुस् ।
    कुनै पनि जटिल कुरामा धेरै बेरसम्म ध्यान केन्द्रित गरिरहँदा मस्तिष्क ‘स्याचुरेसन प्वाइन्ट’मा पुग्छ र त्यसभन्दा अतिरिक्त कहीँ ध्यान नै जाँदैन ।
    तर, त्यही ठाउँमा आफ्नो ध्यानलाई कुनै अरु क्षेत्रमा पनि लगायो भने पहिलो काम गर्ने कुनै नौलो तरिका दिमागले पहिल्याउन सक्छ । र, यसले व्यक्तिको उत्पादनशीलता बढाउँछ ।

    शिक्षा, खेल वा कला लगायत विभिन्न क्षेत्रका विद्यार्थीहरुमा गरिएको अनुसन्धान अनुसार निश्चित मात्रामा पढाइ वा अभ्यास गरिसकेपछि हाम्रो मस्तिष्कले सिक्न छोड्छ । त्यसैले कुनै एउटा विषयमा धेरै समय घोत्लिरहनुभन्दा त्यही ससयलाई सन्तुलित रुपमा विभिन्न क्षेत्रमा लगानी गर्ने हो भने अघिल्ला क्षेत्रका समस्याहरुको निदान प्राप्त गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑