एजेन्सी । कोरोनाको खोप बनाइरहेको भारतको सीरम इंस्टीट्यूटको नयाँ प्लान्टमा आगलागी भएको छ । इंस्टीट्यूटको टर्मिनल १ मा आगलागी भएको हो । आगलागीको कारण अहिलेसम्म खुलेको छैन । अहिले दमकलले आगो निभाइरहेको छ ।
अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोप अहिले भारतमा बनेर नेपाल सहित विश्वका अन्य देशमा पनि पठाइएको छ । ३ सय करोडको लागतमा बनेको नयाँ प्लान्टमा ठूलो परिणाममका कोरोनाको खोप बनाउने योजना थियो ।
गतवर्ष केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धनले यस प्लान्टको उद्घाटन गर्नुभएको थियो । नयाँ प्लान्टबाट अहिलेसम्म खोप उत्पादन सुरु गरिएको थिएन ।