विश्वमा धेरै मानिसहरुले अनौठा कार्यहरु गरेर विश्वलाई नै चकित पारिरहेका छन् । अनौठो कार्य गरेर धेरै मानिसले विश्व रेकर्ड पनि राखेका छन् । तर नेपालमै एक यस्ती महिला छिन् जसको कार्यले धेरै मानिसहरु चकित परेका छन् ।
तपाईलाई थाहा छ, एक अंग्रेजी वेबसाइट अनुसार ११५ वर्षकी बाटुली लामिछानेले लामो समयदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट पिउँदै आइरहेकी छिन् । उनले १७ वर्षको उमेरदेखि चुरोट पिउँदै आइरहेकी छिन् ।
परिवारको कुरा गर्दा उनले ५ जनाको सन्तानलाई जन्म दिएकी छिन् । तर अहिले उनका एक छोरा मात्र जिवित छन् ।
उनले जिन्दगीमा धेरै उतार चढाव आएको बताउछिन् । उनले आफ्नो काम आफै गर्ने गर्छिन् । अहिले उनले मन्दिरलाई नै आफ्नो घर बनाएकी छिन् ।