वीरगन्ज । दाङमा जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दंगीशरण गाउँपालिका–७ श्रीगाउँ निवासी ३० वर्षीय हरि देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।
उनले माघ ३ गते राति ७ बजेतिर एक महिलामाथि जबरजस्ती करणी गर्न खोजेको भनी उजुरी परेकाले अनुसन्धानकालागि पक्राउ गरिएको प्रहरीले बताएको छ । मापसे गरेर ती महिला करणी प्रयास गरेको उजुरी परेपछि पक्राउ गरिएको हो ।
करणीको प्रयास गरेपछि महिलाले घरभित्र थुनेर प्रहरीलाई बोलाएपछि नियन्त्रणमा लिइएको हो । देवकोटालाई सोमबार जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ ।