वीरगन्ज । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग अब एकताको कुनै सम्भावना नरहेको बताएका छन् । उनले यसमा अब केही भ्रममा बस्नु आवश्यक नरहेको प्रचण्डले स्पष्ट पारे ।
मंगलबार राति एक टेलिभिजन अन्तरवार्तामा बोल्दै प्रचण्डले आधिकारिक नेकपा पनि आफूहरु नै रहेको भन्दै निर्वाचन आयोगले पनि आफूहरुलाई नै मान्यता दिने दावी गरे ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको एक मात्रै लक्ष्य आफूलाई कसरी सिध्याउने भन्ने रहेको समेत बताए ।
गणतन्त्र रहिरहे आफ्नो औचित्य नै सकिने ठानेर ओली आफूविरुद्ध षड्यन्त्रमा लागेको प्रचण्डले दावी गरे ।