वीरगंज। कृष्णा कुशवाहा। पर्साको छिपहरमाई गाउँपालिकामा नेपाल युवा संघको वडा स्तरीय समिति गठन भएको छ।
छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुर माई स्थानमा भएकाे एक भेलाले संतोष कुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेकाे हाे । उक्त समितिको उपाध्यक्ष उदय साह कलवार, कोषाध्क्ष दिनेश यादव, सचिव प्रदीप कुमार राम र सहसचिव देवनाथ साह चयन भएका छन्।
जिल्ला समन्वय समिति सदस्य तथा नेपाल युवा संघको छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साहको प्रमुख अतिथ्यता भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष राजबली राउत अहिर, वडा सदस्य भाग्रीत महरा , नेकपाको गाउँपालिका पार्टी सदस्य रामबाबु साह ,भिखारी पटेल, लगायतकाे उपस्थिती रहेको थियो ।
छिपहरमाई गाउँपालिकाको वडा न. २ सम्भौता र वडा न. ४ तुलसी बर्वा गरि ३ वटै वडामा आज नेपाल युवा संघको वडा स्तरीय समिति गठन भएको छ ।
गाउँपालिका भित्र बाकी रहेको वडा न. ५ भिस्वा र वडा ३ जयमँगलपुरमा यसै हप्ता भित्रमा नै गठन गरिनै र नेपाल युवा संघ गाउँपालिका कमिटी गठन पनि एक महीना भित्र भब्य कार्यक्रम गरि गठन गरिने नेपाल युवा संघ छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साहले बताएका छन।