आज:
  • होमपेज / Breaking News

    चिसोका कारण वीरगञ्जका सम्पूर्ण विद्यालय तिन दिनका लागि बन्द

  • वीरगंज संजाल
  • ४ माघ २०७७, आईतवार ०६:०४
  • ५१९७

    वीरगञ्ज । तराई-मधेस क्षेत्रमा विगत केहि दिनदेखि बाक्लो हुस्सु र कुहिरोसहित शीतलहरले गर्दा चिसो बढेपछि वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण निजि र सामुदायिक विद्यालय बन्द हुने भएका छन् । अत्याधिक चिसो बढेपछि बालबालिका विद्यालय जान नसक्ने गरी मौसम प्रभावित भएको कारण विद्यार्थीहरुको स्वास्थ्यमासमेत प्रतिकुल असर पर्न सक्ने बताउँदै महानगरपालिका भित्रका सम्पूर्ण विद्यालय तिन दिनका लागि बन्द हुने भएका हुन् ।

    निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) पर्सा, आवाशीय विद्यालय सङ्घ (एनप्याब्सन) र नेपाल शिक्षक महासङ्घ पर्साले महानगरपालिकाको शैक्षिक महाशाखासँगको समन्वयमा भोली आइतबारदेखि मंगलबारसम्मका लागि सम्पूर्ण निजि र सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सन वीरगञ्ज महानगर कमिटिका अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिए । ‘चिसो धेरै बढेको छ । बालबालिका अहिले विद्यालय आएर पढ्न सक्ने अवस्था छैन,’ अध्यक्ष चौरसियाले भने, ‘त्यसैले अहिलेको लागि तिन दिन विद्यालय बन्द गर्दै छौँ । मौसममा सुधार नआए पुन: बैठक गरेर केहि निर्णय गर्नेछौँ ।’

    चौरसियाले अहिले चिसो बढेपछि बिदा दिँदा आगामी दिनमा हुने बिदाहरुलाई मिलान गरिने जानकारी दिए । ‘कोरोनाभाइरस माहामारीका कारण महिनौँ पठन-पाठन प्रभावित भएको छ । अहिले विदा दिने अवस्थामा हामी छैनौं तरपनि चिसोले गर्दा विदा दिनुपर्ने बाध्यता छ । अहिलेको विदालाई पछि अन्य विदाको दिनमा मिलान गरिने छ,’ चौरसियाले भने ।चौरसियाले चिसो बढेको कारण बालबालिकाहरुलाई अत्यावश्यक बाहेक घरबाट बाहिर निस्किन नदिन अभिभावकसँग आग्रहपनि गरेका छन् । नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष विनोद महेताले पनि चिसोको समयमा बालबालिकाहरुलाई उच्च सतर्कता अपनाउँन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑