बारा। अभय दुबे। राम राजा (मो.वि. शाह) बहुमुखी क्याम्पको १३ औँ क्याम्पस सभा आज सम्पन्न भएको छ।
राम राजा (मो.वि. शाह) बहुमुखी क्याम्पको क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो भने माननीय प्रदेश सभा सदस्य पारस प्रसाद साहको प्रमुख आतिथ्यमा उक्त सभा सम्पन्न गरिएको थियो ।
सो सभाको उद्घाटन प्रमुख अतिथि तथा अतिथिहरूले पानसमा वत्ति बालेर तथा क्याम्पको स्थापनाको लागि योगदान पुर्याएका व्यक्तित्वहरुको फोटोमा फूलमाला तथा अबिर चढाई गरिएको थियो।
सो सभामा क्याम्पको आ. व. २०७६/०७७ को वार्षिक प्रतिवेदनको विमोचन पनि अतिथि तथा अतिथिहरूले गरेका थिए। सो सभामा लेखापढि व्यवसायी संघ बाराका अध्यक्ष वृजकिशोर यादव र हलखोरिया साझेदारी वन व्यवस्थापन का अध्यक्ष रबिन्द्र सिंह लाई गम्छा ओढाएर सम्मानित गरिएको थियो।
सो सभामा विशिष्ट अतिथिहरू कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, बारा उद्योग वाणिज्य संघ बारा का अध्यक्ष राजकुमार साह , अतिथिहरूमा नेकपा बाराका प्रतिनिधि विक्रम ठाकुर, नेकाका प्रतिनिधि कलावती पासवान, क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सुरेश कुमार मोदक , नेमकिपाका प्रतिनिधि मुक्ति यादव, जसपा प्रतिनिधि चुमनवाबु केवट, बारा गैर सहकारी संस्था बाराका निमित अध्यक्ष वृजमोहन कुशवाहा, बेटि बचाउ बेटि पढाउ बाराकी संयोजक निभा सिंह , महिला संजाल बाराकी अध्यक्ष बबिता जयसवाल लगायतको वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
सो सभामा स्वागत मन्तव्य क्याम्पस व्यवस्थापन समितिको कोषाध्यक्ष जंगबहादुर चौरसिया को रहेको थियो भने कार्यक्रम सन्चालन क्याम्पसका
प्राध्यापक अमित मिश्रले गर्नु भएको थियो ।