एजेन्सी । दक्षिण कोरियाको राजधानी सिउलको बीचबाट बग्ने हान नदी अत्याधिक चिसोका कारण जमेको छ । दक्षिण कोरियामा यो वर्ष अत्याधिक चिसो महसुस गरिएसँगै राजधानी सिउल हुँदै बग्ने नदीमा बरफ जमेको हो ।
अहिले सिउल सहरको तापक्रम माइनस २० डिग्री सम्म पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । पछिल्ला २ वर्षमा पहिलोपटक उक्त नदी जमेको हो ।कोरियाली मौसम विभागका अनुसार मंगलबार अपरान्ह सिउलको तापक्रम माइनस १६ डिग्री रेकर्ड गरिएको छ ।
अत्याधिक चिसोका कारण सिउलको गेम्पो अन्तर्राष्ट्रिय एयरपोर्टसहित अन्य पाँच एयरपोर्टबाट उडान भर्ने २३ ओटा उडानहरु क्यान्सिल भएका छन् । पछिल्ला १० वर्षयता पहिलोपटक त्यहाँको तापक्रम माइनस १० डिग्रीभन्दा तल ओलिएको हो ।