आज:
  • होमपेज / Breaking News

    सगरमाथाकाे भारतीय नयाँ नाम अभियान सुरु गरेका सुधीरले मागे माफी

  • वीरगंज संजाल
  • १ माघ २०७७, बिहीबार ००:४४
  • ५३१७

    वीरगंज | विश्वको सर्वोच्च सगरमाथामा भारतले पनि दाबी गर्नुपर्छ भनेर गरेको बोलेको कुरालाई लिएर नेपालीले चर्को विरोध गरेपछि भारतीय टेलिभिजन च्यानल जी न्युजले बुधबार माफी मागेको छ।

    बुधबार रातिको प्रसारित टेलिभिजन कार्यक्रम डिएनएमा उक्त च्यानलका प्रधानसम्पादक तथा प्रस्तोता सुधीर चौधरीले नेपालीको भावनामा ठेस पुर्‍याउने आफ्नो नियत नभएको त्यसलाई लिएर माफी मागेका हुन्। उनले आफ्नो अभिव्यक्तिले भारत र नेपालका नागरिकबीचको सम्बन्धमा असर नपुग्ने पनि जिकिर गरेका छन्।

    ‘माउन्ट एभरेस्ट (सगरमाथा) नेपालकै हो। विश्वको सर्वोच्च शिखरलाई कसैले पनि नेपालबाट खोस्न सक्दैन,’ उनले भनेका छन्, ‘दुवै देशमा सरकार त आउँछन्, जान्छन्। तर दुई देशका नागरिकबीचको सम्बन्धमा हार्दिकता र निकटता रहिरहनुपर्छ।’

    चौधरीले बुधबारको एउटा दैनिक पत्रिकाले छापेको समाचारको प्रति पनि हातमा बोकेर यसबारे बोलेका थिए।

    ‘हामी नेपाली दर्शक र भाइबहिनीलाई भन्न चाहन्छौँ, भारत-नेपालबीच रामलक्ष्मणको जस्तो सम्बन्ध छ र यो सधैँ रहिरहनेछ’, उनले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर हामीले भन्न खोजेको होइन । यो त नेपालकै हो र नेपालमै रहिरहनेछ।’

    चौधरीले माउन्ट एभरेस्ट रहेको स्थानलाई कसैले परिवर्तन गर्न नसक्ने पनि बताएका छन्। उनले माउन्ट एभरेस्ट नेपालमै रहेको तथ्यलाई कसैले नकार्न नसक्ने बताउँदै तर यसको नाम फेर्न ‘मुहिम’ भने जी न्युजले नरोक्ने बताएका छन्।

    ‘माउन्ट एभरेस्टको ‘लोकेसन’ कसैले फेर्न सक्दैन। माउन्ट एभरेस्ट नेपालमै छ र यस तथ्यलाई कसैले अस्वीकार गर्न सक्दैन’, उनले भनेका छन्, ‘हामीलाई नेपालका दर्शकको चित्त दुखाउनु छैन। तपाईंहरुको मनमा चोट पुर्‍याउने हाम्रो उद्धेश्य पनि होइन।’

    उनले सरकार हेरफेर नियमित प्रक्रिया भन्दै तर दुई देशका नागरिक मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

    ‘सरकार जोकसैको आए पनि हामी मिलेर अघि बढ्नुपर्छ । राजनीति त हुँदै गर्छ, भइरहने कुरा हो। नेपाल र भारतका नागरिकबीच कहिल्यै समस्या आएन’, उनले भनेका छन्, ‘हामी अब पनि हाम्रो सम्बन्धमा कुनै समस्या आउन दिने छैनौँ। भारत र बाँकी संसारका दर्शकजस्तै नेपाली दर्शक पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्। हामीले त सगरमाथाको उचाई नाप्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई उनको श्रेय दिन खोजेका हौँ । हामी नेपाल र नेपालीसँग कुनै कुरा  खोस्ने पक्षमा छैनौँ। हामीले खोजेको त भारतकै आफ्नो नाम अर्थात राधानाथ सिग्दर नामबाट एभरेस्ट चिनिनुपर्छ। नेपालीले जसरी सगरमाथा भन्छन्।’

    उनले भारतीय गणितज्ञ सिग्दरले सगरमाथा सन् १८५२ मा नाप्दा ८८३९ मिटर निकालेको बताएका छन्। ‘भारतले अब माउन्ट एभरेस्ट होइन, माउन्ट सिकदर भन्‍नुपर्छ। नेपालीले यो कुरा स्वीकारे राधानाथको योगदानको मूल्यांकन हुनेछ। माउन्ट एभरेस्टबाट माउन्ट सिकदर हुँदा भारतको कब्जा हुने होइन। यो नेपाल र तिब्बतको सिमानामा सदियौँदेखि उभिएको छ’, उनले भनेका छन्, ‘हामीले राधानाथलाई अन्यायमा पारेर गरिएको गल्ती सुधार्न खोजेका हौँ। राधानाथ सिग्दरबाट खोसेर जर्ज एभरेष्टलाई दिइएको श्रेय फिर्ता गर्न खोजेका हौँ। बेलायतले भारतमा आफ्नो उपनिवेश चलाइरहँदा नियतवश आफ्ना नागरिकको नाम यसमा कायम गरेका थिए। तर हामी यसलाई सुधारेर छाड्छौँ।’

    भारतीय गणितज्ञमाथि अन्याय भएको भन्दै उनले यसलाई सच्याउन अभियान नै छेडिएको बताए। चौधरी गत आइतबार सगरमाथा आधार शिविर पुगेका थिए। सरकारसँग अनुमति नलिइ सिम्रिक एयरको हेलिकोप्टरबाट कालापत्थर पुगेर उनले रिपोर्टिङ गरेका थिए।

    उनले अनमुति नलिइ कालापत्थर पुगेर सगरमाथामाथि भारतको दाबी प्रस्तुत गरेपछि चर्को आलोचना भएको थियो। उनले नेपाल आएर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता पनि लिएका थिए। यसअघि पनि नेपालबारे विवादित सामग्री बनाउँदै आएको जी न्यूज आलोचनाको केन्द्रमा परेको थियो।

    भिडियो

    •  प्रकाशित मिति : १ घण्टा अघि,   अन्तिम अपडेट : १ घण्टा अघि

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑