वीरगञ्ज। नेकपाको प्रचण्ड-माधव समूहका नेता रहबर अन्सारीले हिन्दु भगवान हनुमानको बेइज्जती गरेको भन्दै उनको सामाजिक सञ्जालमा आलोचना भएको छ ।
प्रचण्ड-माधव समूहको नेकपा वीरगञ्ज महानगर अध्यक्षसमेत रहेका अन्सारी सामाजिक सञ्जालको फेसबुकमा हिन्दु भगवान हनुमानको नाम जोडेर लेखेको एउटा पोष्टका कारण उनको आलोचना भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा रोस्ट्रमबाट थुक फ्याकेको घट्नालाई जोडेर अन्सारीले आफ्नो आधिकारिक फेसबुक ह्यान्डलबाट हिन्दु भगवान हनुमानको नाम जोडेर एउटा पोस्थ लेखेका छन् । उनले लेखेका छन् “उनले थुकेर ठिक गरेका हुन् भन्दै हनुमानहरुले थुक रैली न निकालुन्” ।
अन्सारीको पोष्टमा प्रतिक्रिया जनाउँदै कयौँले हिन्दु भगवान हनुमानको नाम जोडेर थुक जस्तो शब्द प्रयोग गर्दा आफ्नो धार्मिक भावनामा चोट पुगेको बताएका छन् । प्रतिक्रिया लेख्नेहरुले अन्सारीलाई छिटोभन्दा छिटो पोष्ट हटाएर गरेर माफी माग्न समेत आग्रह गरेका छन् ।
उनको पोष्टमा कमेन्ट लेख्दै मुकेश महतोले भनेका छन्, ‘यो रहबर अन्सारी यस्तो हनुमानको नाम राखी तल्लो स्तरको वक्तव्यको घोर भत्सर्ना गर्दछु र आग्रह छ कि तुरुन्त यसलाई सच्याउनु हुन्छ ।’
उनलाई केहिले राजनीति र धर्मलाई सँगै नजोड्न समेत आग्रह गरेका छन् । ‘सोचे सम्झेर पोष्ट गर्नुपर्छ, पोलिटिक्स आफ्नो ठाउँमा छ तर धर्मलाई नसमेट्नु,’ दिपेश यादवले उनको पोष्टमा कमेन्ट लेखेका छन् ।
प्रचण्ड-माधव समूहमा लागेका अन्सारी गत स्थानीय तहको निर्वाचन वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार थिए । निर्वाचनमा पाँचौ स्थान ल्याएका उनले प्रदेशसभा निर्वाचनमा पुन: प्रतिस्पर्धा गरेका थिए । त्याहाँपनि उनि तेस्रो भएका थिए ।
यो समाचार यात्राडेलिबाट साभार गरिएको छ।