जनकपुरधाम । सिराहा प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिराहा सदरमुकाम सिराहा नगरपालिका-२२ हकपाराका शिवनाथ यादव छन् । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका-२१ बाट नियन्त्रणमा लिएको हो ।