• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    के हो विवाह गर्नुको उद्देश्य ?

  • वीरगंज संजाल
  • २४ पुष २०७७, शुक्रबार १६:२८
  • ३५१७

    वीरगंज। विवाह एउटा महत्वपूर्ण संस्कार हो । यो संस्कार कुन उद्देश्यले गरिन्छ भन्ने कुरा बुझेर संस्कारका कर्महरुको अनुष्ठान गर्दा विवाह संस्कारको गरिमा बढ्ने कुरामा कुनै सन्देह छैन । यहाँ उक्त संस्कारका केही उद्देश्य निरुपण गरिँदैछ ।

    विवाहको अर्थ पवित्र विधिद्धारा स्रीत्व र पुंस्त्वको सम्मेलन गराउनु हो प्रकृतिका अणु–अणुमा उक्त दुवै शक्ति रहेका छन् । सृष्टि विस्तारका लागि प्रत्येक जङ्गमको प्राकृतिक सम्मेलन हुँदा यो पाञ्चभौतिक सृष्टि सोभायमान हुन्छ ।

    आफ्नो धर्म र सम्प्रदाय अनुसार उत्तम कन्या र वरको चयन गरी नियम एंव अनुशासनमा रहेर सृष्टिधर्ममा प्रवृत हुँदा आ–आफ्नै विधिअनुसार विवाहसंस्कार सम्पन्न गर्दछन् ।

    १. ८४ लाख पशु–पक्षी,कीट–पतङ्ग आदि योनीहरुको भोग गरेपछि जीवले मानव शरीर प्राप्त गर्दछ । मानव योनिमा विवेक गर्नका लागि परमात्माले जीवलाई वुद्धि प्रदान गर्नुहुन्छ । वुद्धि प्राप्त गरे पनि अनेकौं योनीमा भ्रमण गर्दा संस्कारमा आएका भावना र विचार सजिलै छुट्दैनन् ।

    त्यसैले जीवन स्वच्छन्द आहार–विहारको भावना प्रवल हुन्छ । प्रत्येक पुरुष र नारीमा एक–अर्कामा आकर्षण र भोगभावना प्राकृतिक रुपमा रहेको हुन्छ ।

    अतः नरनारीहरुमा रहने निर्बाध कामभावनालाई एउटा पुरुष वा एउटी नारीमा सीमित गराई शनैःशनै निवृत्तिमार्गमा अग्रसर गराउनु विवाहको उदेश्य हो ।

    २. शास्त्र अनुसार मनुष्यमाथि देवऋण,पितृऋण एवं ऋषिऋण गरी तीन ऋण रहेका हुन्छन् ।

    यज्ञ,याग,पूजा,व्रत,उपवासद्धारा देवऋणबाट मुक्ति प्राप्त हुन्छ । सन्तानको उत्पादनद्धारा पितृऋणबाट मुक्ति प्राप्त हुन्छ । सन्तान उत्पादन गर्नुभनेको सन्तानको रुपमा आफू बाँच्न चाहनु हो त्यसैले सन्तान उत्पन्न हुँदा नरनारीले सन्तोस प्राप्त गर्दछन् ।

    यसै प्रवृत्तिका कारण वंशपरम्परा अनन्तकालसम्म अग्रसारित हुँदै जान्छ । वंश परम्परा कायम गर्न अनेकौं धार्मिक प्रयासहरु जारी रहन्छन् । सन्तानद्धारा मानिसले पितृऋणबाट मुक्ति प्राप्त गर्दछ । शास्त्र र वेदको स्वाध्यायबाट ऋषिऋणबाट मुक्ति प्राप्त हुन्छ ।

    ३. मानवले आफूलाई सबैभन्दा धेरै माया गर्दछ । विवाहपछि एउटा व्यक्तिमा केन्द्रित रहेको स्नेहले क्षेत्रविस्तार गर्ने अवसर पाउँछ ।

    सन्तानको उत्पत्ति हुँदा स्नेह तत्वको विस्तार हुँदै जान्छ । पहिले एउटा व्यक्तिमा सीमित स्नेह विवाह र सन्तानोत्पत्तिपछि विशाल पारिवारिक प्रेमका रुपमा परिणत हुन्छ ।

    असल चरित्रले सम्पन्न भई समाज र राष्ट्रको सेवामा समर्पित हुँदा एउटा व्यक्ति वा परिवारमा सीमित प्रेमले व्यापक आयाम लिन्छ ।

    त्यसपछि ईश्वरको कृपाले त्यस व्यक्तिमा संस्कारका प्राणीहरुप्रति प्रेमको उदय हुँदा वसुधैव कुटुम्बकमको भावनाले प्रतिष्ठा प्राप्त गर्दछ ।

    अन्तमा मानव जीवन परोपकारद्धारा बिताएर ईश्वरमा श्रदाभक्ति गर्दै एउटा सामान्य व्यक्ति आत्मालाई विस्तार गरी महात्माको रुपमा परिणत हुने कार्यमा सफल बन्दछ ।

    यसरी श्रद्धा,प्रेम,स्नेह,भक्ति आदिको सोपानको क्रमले विकास गर्दै मानिसलाई उन्नतिको चरम क्षितिजमा पु-याउने विवाह संस्कारको निकै महत्व छ ।

    ४. विवाहसंस्कारको उदेश्य उदात्त मानवीय गुणहरुको आधान गराई व्याक्तिलाई संस्थाको रुपमा परिणत गराउनु हो ।

    दाम्पत्यधर्ममा आवद्ध पुरुष एंव नारीले एक–अर्काका हितको लागि स्वार्थत्याग गर्दै प्रतिकूल व्यवहार हुँदा क्षमा दिने,कष्टमा धैर्यधारण गर्नेजस्ता गुणहरुको विकास गर्नुपर्ने हुन्छ ।

    यसरी एक अर्काप्रति श्रद्धा र स्नेहका साथ उत्तम गुणहरुको विकास र सदाचारको पालना गर्ने काममा अभ्यस्त भएका दम्पत्तीले उदात्त गुणहरुको परिपाक हुँदा आफ्नो व्यक्तित्वमा आकाश–पाताल जस्तै परिवर्तन भएको पाउँछन् । जव ती मानवीय उच्चतम मूल्यले समन्वित हुन्छन् त्यसबेला ईश्वरीय आस्थामा आवद्ध हुँदा दैवी गुणहरुको विकास गर्न पनि समर्थ हुन्छन् ।

    यस्तो स्थितिमा दम्पतिबाट जन्मिने सन्तान,तिनका परिवार एंव समाजको समेत रुपान्तरण हुन्छ । तसर्थ विवाह संस्कार मानवीय मूल्य र ईश्वरीय दिव्यतालाई प्रवर्धन गर्ने उच्चतम संस्कार हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑