बीरगन्ज |प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय समिति बैठकले यही पुस २५ गते प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ ।
यसअघि कांग्रेसले पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध जुलुस र विरोध सभाको आयोजना गरेको थियो ।