बीरगन्ज | पर्साको विन्दवासिनी गाउँपालिकामा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । बिन्दवासिनी गाउँपालिकाको आर्थिक सहायोग,सृजनशिल विकास केन्द्र प्रालि.को आयोजना तथा माट्रिका आइफाउण्डेशनको समन्वयमा बिन्दवासिनी गाउँपलिकाको वडा नं. ३ झौवा माविको प्राङ्गणमा शिविर सम्पन्न भएको हो । शिविरमा निशुल्क आँखा परिक्षण,मोतिविन्दु भएकाहरुको शल्यक्रिया तथा निशुल्क औषधी बितरणको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
शिविरको एक कार्यक्रमको विच गाउँपालिकाका अध्यक्ष श्रीलाल साह मोदीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गापा अध्यक्ष मोदीले अति गरिव,बिपन्न,दलित तथा पछाडी परेका समुदायको लागि शिवर फललायी हुने वताए । यो शिविरलाई गाउँपालिका वासीले अवसरको रुपमा प्रयोग गर्ने कुरामा जोड दिए । आखाँ जस्तो महत्वपूर्ण अंगको चेकजाँचमा सहयोग पु¥याउँने सबैको अध्यक्ष मोदीले प्रसंसा गरे ।
शिविरको उद्घाटन सत्रमा गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत नरेश प्रसाल चौहान,लेखा अधिकृत मिथलेश कुशवाहा, विपत व्यवस्थापन गुल्म पर्साका प्रहरी निक्षिक सरोज प्रजापती,ईप्रका पोखरियाका प्रहरी निरिक्षक दिपक थापा,बिओपी अमर पट्टीका शसत्र प्रहरी निरिक्षक निरन्जन कार्की र पत्रकार चिरञ्जवी यादव ,प्रमोद यादव लगायतको सहभागिता उपस्थिती रहेको थियो ।
शिविरमा माट्रिका आइफाउण्डेशनका महेश ंिसह दामी,रुबी राउत,पिन्की कुशवाहा,निशा लामा,संजय ठाकुर लगायतकाले सेवाग्राहीहरुलाई सेवा प्रदान प्रदान गरेका थिए । समाचार तयार पर्दा सम्म शिविरमा ३५० जनाको आँखा चेकजाँच भएकोमा ७५ जनामा मोतिया विन्दु फेला परेको गाउँपालिका स्वास्थ्य सह संयोजक रामेश्वर चौरसियाले बताए । मोतिया बिन्दु देखिएकोहरुको यही पुष २५ देखि २७ सम्म निशुल्क रुपमा बीरगन्जमा शल्यक्रिया हुने चौरसियाले वताए ।