वीरगंज। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक नागरिकलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताउनुभएको छ ।
शनिबार नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आफू प्रधानमन्त्री भएपछि विश्वभर नेपालको चर्चा भएको बताउनुभयो ।
‘यसअघि नेपालको बारेमा कहाँ चर्चा हुन्थ्यो ?, नेपालको प्रधानमन्त्रीको नाम सोध्दा कसैलाई थाहा थिएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा छ ।’
आफू प्रधानमन्त्री भएपछि चीन र भारतका साथै अन्य तेश्रो मुलुकहरूसँगको सम्बन्ध सुमधुर भएको उहाँको दाबी छ ।
प्रधानमन्त्री ओलीले आफ्नो पालामा भएको विकास निर्माण र समृद्धिको विषयलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङले समेत देखेको अवस्थामा माधव नेपाल र पुष्पकमल दाहालले नदेखेको टिप्पणी गर्नुभयो ।